कस्तो होला जीवनको परदेशको जागिर ?

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७२, शनिबार

काठमाडौं । परदेशीको जागिर भन्नेवित्तिकै आफैंमा पीडादायी अनुभव हुन्छ । परदेश गएपछि सबैभन्दा बढी आफ्नो जन्मभूमिको याद आउँछ अनि गाउँवेसी र देउरालीमा साथीसंगीसँग हिंडेको याद आउँछ । अझ चाडवाड आउँदा त त्यो गाउँवेशी शून्य भयो होला, देउरालीले मेरै बाटो हेरेको होला भनेर सम्झनाले सताउने गर्छ । यस्तै भएको छ जीवन खड्कालाई पनि । सधैंभरि घरकै पीडाले उनलाई पनि सताइरहेको छ ।
जीवन खड्का जुटपानी चितवनका युवा हुन् । उनले अभिनय गरेको गीत हो परदेशको जागिर । राजु दीप विक र शारदा दियालीको स्वरमा रहेको गीत हो परदेशको जागिर । जसमा रमित ओलीको शब्द रहेको छ भने राजु दीपकै संगीत रहेको छ । अशोक विकको निर्देशनमा तयार भएको यस गीतको म्यूजिक भिडियोमा जीवन खड्का र रन्जुले अभिनय गरेका छन् । परदेशमा जागिर खाँदाको यथार्थ घटनालाई जीवनले भिडियोमा उतारेका छन् । उनको अभिनयले उनको भविश्यलाई निर्धारण गरेको छ । दसैंको मुखमा आएको यस गीतले वास्तवमै परदेश जाने युवाहरुको शून्य घरलाई एकचोटी रुवाउन सफल भएको छ । मानवीय संवेदनामा आधारित रहेको यस गीतले यो दसैं मात्र होइन प्रत्येक नेपालीको हरेक दिन मुटुमा भक्कानो फुटाउने गर्छ ।

jivan khadka
शिव परियारको स्वरमा रहेको मेरो मुटु कलेजी बोलको गीतबाट मोडलिङको दुनियाँमा प्रवेश गरेका जीवन खड्का विगत चार वर्षदेखि अभिनयमा सक्रिय छन् । यसो त उनी मोडलिङको अलावा गीत लेख्छन्, संगीत भर्छन् । आफ्नै शब्द र संगीतमा पनि धेरै गीतहरु गरिसकेका छन् । उनको भोलिका दिन पनि संगीत र मोडलिङमा नै बित्ने प्रण छ । संगीतकर्म उनका लागि एउटा नशा भइसकेको छ त्यसैले गीतसंगीतमै रमाउन चाहन्छन् जीवन । भविष्यमा एउटा मोडल र संगीतकारको रुपमा आफूलाई चिनाउन चाहन्छु, उनले भने अब नयाँ गीत लिएर आउँदैछु ।

pardesh

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु