कस्तो होला माया जोख्ने तुलो ?

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७३, आईतवार

पौष १७, काठमाण्डौ । बजारको सामान जोखेजस्तै माया जोख्ने तुलो हुने भए कतिले जोख्थे होलान् ? कुन शहरमा बन्छ कुन्नी, कस्तो होला भन्ने सबैलाई कौतुहलता हुनु स्वाभिवक पनि हो । यतिबेला भने माया जोख्ने तुलो बजारमा आएको छ कसलाई चाहिएको छ बेलैमा लिन सक्नुहुनेछ ।

maya-jokhne
गोर्खा चौतारी म्यूजिकबाट बजारमा आएको ‘माया जोख्ने तुलो’ यतिबेला बजारमा चर्चामा छ । विष्णु माझी र भागिरथ चलाउनेको स्वरमा रहेको माया जोख्ने तुलोलाई कुलबहादुर बोहराको शब्द रहेको माया जोख्ने तुलोको संगीत भने भागिरथ चलाउनेले गरेका हुन् । सुनिल लामिछानेको प्रस्तुतिमा रहेको माया जोख्ने तुलोमा सगुन शाही र लामिछानेले अभिनय गरेका छन् भने कुमार केसीको निर्देशन रहेको छ । अजय रेग्मीको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई अनुप शिवाकोटीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु