कस्तो होला वसन्तीको मायाको देशको राजा

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७४, आईतवार

राजु बोहरा


९ पुष, काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका बसन्ती लामा शेर्पाको आधुनिक गीत ‘मायाको देशको राजा’ भर्खरै सार्बजनिक भएको छ । उनले यस अगी पनि निकै कर्णप्रिय गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भैसकेकी छिन् । अहिले लाई आफ्नो जिबन धान्नको लागि नया कुनै पेशामा रहेपनि उनि भन्छिन् म बरु खानको लागि गाँस छोड्न सक्छु तर संगीत बिना आफ्नो जिबनी यात्रा सोच्न सक्दिन, त्यसैले आगामी दिनमा यहि क्षेत्रलाई आफ्नो दैनिकी सुम्पिएर अगाडी बढ्ने पनि उनले बताएकी छिन् ।

गायिका बसन्ती लामा शेर्पाको सुमधुर स्वरले सजिएको यस गीतलाई दिनेश सुबेदीले शब्द रचना गरेका हुन् भने संगीत सयोजन तथा संगीत बाबुल गिरीले तयार पारेका हुन् । निकै रोमान्चक सैलिमा तयार भएको र गीतको भाव जस्तै म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाएर सार्बजनिक गरिएको छ । भिडियोमा मोडेल सपना केसी र एसएलएस ९ककि० को अभिनय देख्न सकिन्छ । ूमायाको देशको राजाू बोलको गीतको म्युजिक भिडियोलाई दृश्य निर्माण दिपक एण्ड किसमत फिल्मी चक्करले गरेका भने छायांकन अनिल पुनले गरेका छन् । यस गीतको म्युजिक भिडियोको निर्देशक संगीत सागर र सह(निर्देशन सिवानी सागरले गरेकी हुन् । प्रस्तुत गीतमा गायिका लामालाई राज सरगमले साथ दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु