कहाँ पुग्यो अन्जु काण्ड ? कीर्तिपुरमा ढुंगा प्रहार भएको बिर्सिइन् अन्जुले

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७१, बुधबार

काठमाडौं २५ भदौ । गायिका अन्जु पन्तको धर्म विरोधी काण्ड कहाँ पुग्यो र के हुँदैछ भन्ने सबैका लागि चासोको विषय बनिरहेको छ । गायिका अन्जु पन्तले कुनै बेला धर्मकै बारेमा बोल्दा खुला कार्यक्रममा अन्जुका फ्यानहरुले नै ढुंगा प्रहार गरेको घटना विर्सिएर अन्जुले पछिल्लो समय पनि हिन्दू धर्मकै विरोधमा उत्रिँदा अहिलेसम्म उनीमाथि विरोधको श्रृंखला जारी रहेको छ । कुनै पनि गायक गायिका वा कलाकार भनेको पुरै देशका हुन्छन्, उनीहरु भनेको सबैका समान हुनुपर्छ भन्ने गायिका अन्जुले नबुझेपछि एकाएक संगीतको बजार तात्न पुगेको थियो । गायिका अन्जुले हिन्दूको विरोध गर्दा नेपालमा हिन्दू धर्मको बाहुल्यता कति छ ? मेरा फ्यानहरु कुन धर्मका छन् ? परम्पराकालदेखि नेपालमा कुन धर्म मान्दै आएका छन् ? मैले गायन सुरु गर्दा कुन धर्मबाट सुरु गरेँ ? भन्ने कुराहरु बिर्सनु हुँदैनथ्यो ।
अहिले गायिका अन्जुले धर्मको विरोध गरेकै हो भन्ने प्रमाण उनका केही अघिको हिन्दू विरोधी भिडियो र पछिल्लो समयमा रुवाइ कराई गरेको भिडियोबाट पुष्टि हुन्छ । यदि गल्ती हुँदैन भने किन माफी माग्नु प¥यो त्यो कुराले पनि गायिका अन्जु हिन्दू धर्मविरोधी नै हुन् भन्ने पुष्टि गरेको छ । तर हिन्दू धर्मले कुनै पनि धर्मको विरोध भने गर्दैनन्, सबैलाई समान रुपमा राखेको छ भन्ने गायिका अन्जुले बिर्सनु हुँदैन । गायिका अन्जुलाई सबैले गाली बेइज्जती गरेर सामाजिक सञ्जाल, संचारमाध्यममा लेखिरहेका छन् । कुनै मिडियाले उनका गीतहरु बजाउन छाडिसकेका छन् । उनको स्वरमा रेकर्ड भएका गीतहरु सिआरबिटी, पिआरबिटीमा डाउनलोड हुन छाडेकाले अन्जु पन्तकै विरोधमा गीतसंगीतका कम्पनी संचालकहरुले पनि गाली गर्न थालिसकेका छन् । अब पनि गायिका अन्जुको क्रिश्चियन धर्मले उनको विरोधलाई त रोक्न सक्दैन होला तर पनि धार्मिक कुरालाई लिएर उनले आफ्नो गायनलाई अन्त्य भने गरेकी छन् भन्दा फरक पर्दैन ।
सामाजिक सञ्जालमा उनको दाजुले दिएको सुझाव जस्ताकोतस्तै यहाँ प्रस्तुत गरेका छौं ।

अन्जू पन्त लाई उनको दाइ ले दिएको सुझाब
जस्ताको तस्तै ——–

नेपाली बजार र सांगीतिक क्षेत्र तातेको छ र समचारको मुख्य पेजमा खबर छापिएको छ जुन तिम्रो र तिम्रो शुभचिन्तकको लागि राम्रो समचार नभएर नराम्रो खबर हुन् | बैनी हामीले कीर्तिपुरमा नेवारी समुदायको आयोजनामा भएको खुल्ला सास्कृतिक कार्यक्रममा तिमीले स्तेजमा हिन्दु धर्म बिरोधमा बोल्दा दर्शकहरुले ढुंगा हान्दा तिमीलाई सुरक्षाकर्मीले बचाएर लागेको बिर्स्यौ ? त्यस दिन देखि कुनै पनि धर्म बिरुद्द कम्तिमा पनि बोल्ने सिमा रेखा पार गर्नु हुदैन थियो | अन्जु बैनी तिमि धर्म परिबर्तन गरि क्रिस्चियन भए पनि तिमि सांगीतिक सुरुवात हिन्दु भजन देखि नै गरेका हौ , अहिले हिन्दु धर्मको बिरोध गर्ने,हिन्दु देवी देउताको बिरोध गर्न सुहाउदैन | एक छिन तिम्रो धर्म एउटा कुनामा राखेर सोच त ? तिमिले गाउने हरेक गित हिन्दु ले रचेको हुन्छ , तिम्रो हरेक गीतको म्युजिक हिन्दु ले तयार परेको हुन्छ ,तिम्रो हरेक विडियो र त्यसका मोडल, डाइरेक्टर, क्यामेरा समुर्ण टिम हिन्दु हुन्छ, तिम्रो गितका सिडी भिसिडी किन्ने, सुन्ने सुनाउने सबै हिन्दु हुन्छन , तिमीले खाने खाना हिन्दु ले उत्पादन गरेको हुन्छ , तिमीले पढेको स्कुल हिन्दु देखि संचालित हुन्छ, तिमीलाई यो स्थान सम्म ल्याउने हरेक मिडिया पत्रिका सबै हिन्दुले सम्पादन गरेको हुन्छ, तिमीले प्रयोग गर्ने हरेक कुरामा हिन्दु संग कहिँ न कहिँ सम्बन्धित हुन्छ भने तिमि कसरी हिन्दु को बिरोध गर्न सक्छौ ??? यदि यी सारा कुराले तिमीलाई
साथ् छोड्ने हो भने तिम्रो ठाउ कहाँ हुन्छ राम्रो संग सोच्नु बैनी | बैनी हामीले संगै कार्यक्रम गर्दा सुरुवात (सयौ फूलका थुंगा हामी एउतै माला नेपाली ) भन्ने राष्ट्रिय गितलाइ नबिर्सनु ,बलिउड स्टार अमिताब बच्चन हिन्दु हुन् तर फिल्ममा उनि इस्लाम, इसाही ,मुस्लिम सबैको अभिनय गर्छन, सलमान खान कट्टर मुस्लिम हुन् तर फिल्ममा कथाले मागे हिन्दु परम्पराको खुलेर अभिनय गर्छन , अमेरिकाको राष्ट्रपति बराक ओबामा क्रिस्चियन हुन् तर हिन्दुको दिपावली र सरस्वती पुजा गर्छन
शुभकामना दिन्छन | तिमिलाइ के समस्या पर्यो बैनी त्यस्तो हिन्दु भगवानको नाम लिन नहुने ?? किन हिन्दुको गित गाउन नहुने ?? तिमीले हिन्दुको गित गाउदिन भन्यौ, हामीले पनि त्यो क्रिस्चियनले गाएको गित नसुन्ने भनि बहिस्कार गर्यो भने के हुन्छ ?? अब स्वदेश या विदेशमा तिम्रो क्रिस्चियन भजन कसले सुन्छ ??
बैनी तिम्रो जस्तो सोचाई ले तिमीलाई पाइलट पनि, ड्राइभर पनि, डाक्टर पनि, कर्मचारी पनि, कामदार पनि नेता पनि सबै क्रिस्चियन हुनु पर्यो ? तर यो ८० प्रतिशत हिन्दु भएको देशमा यो सोच्न पनि सकिन्न |
अमेरिकी अभिनेत्री जुलिया रोबर्ट ले हिन्दु धर्म अपनाए पनि कहिले पनि क्रिस्चियनको आलोचना गरिनन् ,इस्लामी देश इन्डोनेसियाको पैसामा भगवान गणेशको फोटो छ खै बिरोध र समस्या छैन , तिमीलाई किन यत्ति सारो समस्या पर्यो बैनी ? अन्तमा, हामी सबै तिम्रो धर्म संग कुनै सरोकार छैन , तिम्रो गला र कला लाइ उच्च सम्मान गर्दछौ, तिम्रो लाखौ शुभचिन्तक लाइ लत्त्यायर यसरि धर्मको कारणले समस्या ल्याउने हो भने युरोपको चर्चमा भजन गाएर बसे हुन्छ |

anju letter

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु