‘कहिँ कतै’को ‘झ्वाँईय झान’मा बोल्ड शिवानी ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७५, शुक्रबार

वैशाख १४, काठमाण्डौ। श्रावण २५ गते रिलीज हुने नेपाली चलचित्र ‘कहिँ कतै’को गीत सार्वजनिक गरिएको छ । यसअघि नै भारतमा रिलीजको लागी यूट्यूबमा रिलीज भईसकेको गीत ‘झ्वाँईय झान’ बोलको गीत औपचारिक रुपमा बिहिवार सार्वजनिक गरिएको हो ।

 सचिन सिंहको संगीत रहेको गीतमा सचिन र श्रृजना सिलालको स्वर रहेको छ भने गौरव अर्पणका शब्द रहेका छन् । यो गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । चलचित्रका अन्य गीतमा कमल राईको कोरियोग्राफी रहेको छ ।

 बिहिबार आयोजना गरिएको कार्यक्रममा चलचित्रका प्रमूख कलाकारहरु शिवानी गिरी र सोनम बरफुङ्गपाको उपस्थिती थियो । यि दुवै कलाकार यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् ।

 सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।

 यो चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको पनि प्रमूख अभिनय रहेको छ । चलचित्रलाई शबिर श्रेष्ठले लेखन-निर्देशन गरेका हुन् ।

 शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु