कागताली प¥यो भने केही गर्छु : मुकारुङ

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७१, सोमबार

काठमाडौं, ६ असोज । कवि तथा गीतकार श्रवण मुकारुङले नेताले झैं केही पनि दिन नसकिने बताउँदै गीतकार संघका लागि कागताली प¥यो भने केही गर्ने बताएका छन् । गीतकार संघद्वारा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मुकारुङले यस्तो बताएका हुन् । केही समय पहिला मात्र नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञिक सदस्य नियुक्त भएका गीतकार मुकारुङ, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक र प्रतिष्ठानकै उपकुलपति शम्भूजित बास्कोटालाई गीतकार संघले आफ्नो सदस्यले सरकारले दिएको जिम्मेवारीलाई सशक्त रुपमा अँगाल्दै स्रष्टाका लागि जुझारु भएर काम गर्नका लागि सम्मानको कार्यक्रम आयोजना गरेको बताएको थियो । आफ्नै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुकारुङले प्रज्ञा प्रतिष्ठानबाट संघका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता दिएका हुन् ।
कार्यक्रममा संघका उपाध्यक्ष तुलसी बस्नेतले स्वागत मन्तव्य दिँदै गीतकार संघका सदस्य भएकै कारण रसिक, बास्कोटा र मुकारुङलाई सम्मान गरिएको बताउँदै अन्य नवनियुक्त प्राज्ञिक व्यक्तित्वहरुलाई पनि सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बास्कोटाले सरकारले गरेको नियुक्ति सम्पूर्ण स्रष्टाहरुको प्रतिनिधित्व गर्दै आफू गएको बताएका छन् । उनले सम्पूर्ण स्रष्टाको प्रतिनिधित्व गर्दै सबैका लागि प्रतिष्ठानको सीमा अधिकारभित्र रहेर सक्दो सहयोग गर्ने बताएका छन् । उनले आधुनिक, लोकगीत सबै क्षेत्रका स्रष्टाहरु एकजुट भएर अगाडि बढ्न अनुरोध गर्दै सधैं सहयोगका लागि आफू तत्पर रहेको बताएका थिए । त्यसैगरी गीतकार संघबाट यस वर्षका उत्कृष्ट गीतकारका रुपमा पुरस्कृत भएका गीतकार भावेश भुमरीले अहिलेको संगीत उद्योग गीतकारले धानेको बताउँदै अब गायक गायिका र संगीतकारको नाम जत्तिकै गीतकार पनि आउनुपर्ने बताउँदै आफ्ना सिर्जनाको अधिकार खोज्न सम्पूर्ण गीतकारलाई आग्रह गरेका थिए ।

geetkar sangh
त्यसैगरी संघका संस्थापक अध्यक्ष डा.कृष्णहरि बरालले सबैको प्रतिनिधित्व गर्दै प्राज्ञिक स्थलमा पुग्नुभएका सबै स्रष्टाहरुले पक्कै पनि गीतकार संघको लागि केही न केही पहल गर्ने बताउँदै स्रष्टाका हकअधिकारमा उहाँहरुको ध्यान जाने बताएका थिए । बरालले फुटेर होइन जुटेर अघि बढ्नका लागि उहाँहरुले नेतृत्व प्रदान गर्ने बताएका थिए । त्यस्तै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले सरकारले दिएको जिम्मेवारी अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै नीति र नियमभित्र रहेर स्रष्टाको अधिकारका लागि लड्ने बताएका थिए भने गीतकार चूडामणी देवकोटाले सबैलाई नजिकिँदै गरेको बडादसैं, तिहार र छठको शुभकामना दिँदै सम्पूर्ण गीतकार एक भएर अघि बढ्न अनुरोध गरेका थिए । कार्यक्रमको सभापति एवं संघका अध्यक्ष योगेन्द्रमणी दाहालले बजारमा देखिएको गीतकार संगीतकार एवं अन्य स्रष्टाहरुबीचको मनमुटाव भन्ने हल्ला झुठ भएको बताउँदै सधैं सँगै भएर काम गरिरहेको हुँदा त्यस्तो हल्लाका पछि नलाग्न अनुरोध गरेका थिए । दाहालले गीतकार, संगीतकार र गायक गायिका भनेका गीतसंगीतका त्रिवेणी भएकाले हामी सधैं मिलेरै अघि बढ्नुपर्छ र आफूहरुबीच केही विवाद नभएको उल्लेख गरेका थिए । कार्यक्रममा गीतकार सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संघका महासचिव विपिन किरणले संचालन गरेका थिए ।

shrawan mukarung_musickhabar krishnahari baral_musickhabar ganesh rasik_musickhabar tulasi basnet_musickhabar geetkar_lyricist

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु