काग तिहारको दिन काग सम्मेलन गरे कलाकार रमेश दुलालले (फोटो फिचर)

म्यूजिक खबर
प्रकाशित: ५ कार्तिक २०७१, बुधबार
काठमाडौ, ५ कार्तिक । तिहार सुरु भएसँगै आज काग तिहारको दिन बिभिन्न ठाउँमा कार्यक्रम भएका छन् । आज राजधानीको रत्नपार्क गेटमा राष्ट्रिय कलाकार रमेश दुलालले कागको सम्मेलन नै गरेका छन् । एकसय साठि भन्दा बढि चराहरुको आवाज निकाल्न सक्ने राष्ट्रिय कलाकार रमेश दुलालले आज थुप्रै मानिसहरुको भिडमा पनि दुई तिन मिनेटको अन्तरमै पचार साठि वटा काग जम्मा गरीदिएका थिए ।
राष्ट्रिय संगितकर्मि संघको आयोजनामा रत्नपार्क गेटमा गरीएको उक्त कार्यक्रममा कलाकार दुलालले कागको आवाज संगै अन्य बाजाहरु ९मादल, सनहि, गितार० को पनि आवाज निकालेर दर्शकलाई हँसाएका थिए ।
बिहान करिब ८ बजे सुरुभएको उक्त कार्यक्रममा कलाकार दुलालले कागको आवाज निकालेर आकाश भरी कागको हुल जम्मा गराउँदा सवारी चालकहरुले समेत सवारी रोकेर हेरेका थिए । कलाकार रमेश दुलालले संचारकर्मिहरु सँग कुरा गर्दै भने, ूमैले पहिलाका बर्ष काठमाडौं बाहिर काग सम्मेलन गरेको थिए अहिले काठमाडौं मै गर्न पाइयो खुसि लागेको छ । आगामि बर्षहरुमा पनि यस्तै कार्यक्रम मा आफ्नो प्रतिभा देखाउने छु ।ू साथै उनले आफुले काग मात्र नभएको कुकुरको पनि आवाज निकाल्न सक्ने र कुकुर तिहारको दिन पनि कार्यक्रम गर्ने समेत जानकारी दिए । उनले नेपालमा संबिधान जारी नभए संबिधान सभा भवन समेत कागै कागले घेराउन गर्ने चेतावनी समेत दिएका थिए । उनले यो भन्दा अगाडि धेरै जिल्लाहरुमा काग सम्मेलन गरीसकेका थिए ।
शब्द/ तस्बिरः गोपिकृण्ण चापागाई ।
IMG_2540
IMG_2537
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु