काठमाडौं फन भ्यालीको १ लाख रोयल्टी

म्यूजिक खबर
प्रकाशित: ११ चैत्र २०७३, शुक्रबार

चैत ११, काठमाण्डौ । गीतसंगीतको सार्वजनिक प्रयोगवापत बुझाउनुपर्ने रोयल्टी बुझाउने क्रममा काठमाण्डौ फन भ्यालीले एक लाख रुपैयाँ प्रदान गरेको छ । गीतसंगीतको प्रयोग गरेर व्यवसाय संचालन गरेवापत फन भ्यालीले रोयल्टी प्रदान गरेको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेशचन्द्र अधिकारी, महासचिव महेश खड्का, कोषाध्यक्ष लोकराज अधिकारी, उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल लगायतका पदाधिकारी, प्रस्तोता नेपालका महासचिव राई नवीनलगायतका प्रतिनिधिहरु, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगरलगायतको उपस्थितिमा उक्त रोयल्टी हस्तान्तरण गरिएको थियो ।

royalty_fun valley (3)

रोयल्टी संकलनका सीएमओको उपस्थितिमा काठमाडौं फन भ्यालीले आफ्नो कारोबारको कूल आम्दानीको एक प्रतिशत रकम रोयल्टी हस्तान्तरण गरेको हो । पछिल्लो समय गीतसंगीतको सार्वजनिक प्रयोग गरेर व्यवसाय गर्ने रेडियो, टेलिभिजन, महोत्सव, दोहोरी साँझ, डान्सबार, कन्सर्ट, कार्यक्रम हलहरु सबैले रोयल्टी तिर्नुपर्ने भएको छ । अब कुनै पनि गीतसंगीतको सार्वजनिक प्रयोग गर्ने कम्पनीहरुले कम्पनी नवीकरणको बेलामा नै रोयल्टी नबुझाए कम्पनी नवीकरण नहुने प्रावधान सरकारले ल्याएको छ भने सार्वजनिक यातायातले पनि रोयल्टी नबुझाए सवारी साधन नवीकरण नहुने भएको छ । त्यस्तै विभिन्न मेला, औद्योगिक महोत्सव, कन्सर्टहरुले पनि रोयल्टी बुझाएको कागाजात बुझाएर स्थानीय प्रशानसँग सम्झौता नगरे कानूनी कारवाही हुने भएको छ ।

royalty_fun valley (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु