कामको लागी शरिर बेच्दिन – नायिका ठकुरी

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७३, बिहीबार

नेपाली चलचित्रकि नायिका सपना सिंह गत ५ बर्ष अघि चलचित्र क्षेत्रमा होमिएकी हुन् l नेपालगंज घर भएकी र मोफसलमा बसेर चलचित्र उद्योगमा काम नचल्ने भएकोले आफ्नो चलचित्रमा भाग्य चम्काउन राजधानी प्रवेश गरेकी हुन् । र नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रको उदयमान नायिका सपना सिंह ठकुरी बिगत ८ बर्ष देखि नेपाली सिनेमा जगतमा छाँउदै आएकि छिन ।

काठमाडौँ पुरानो बानेश्वरको ‘एमआर थिएटर’ बाट भरत नाट्यम, अभिनय र नृत्य सिकेकी नायिका अभिनय र नृत्यमा निकै नै पोख्त छिन र आफुले निकै मेहनत गर्नु पर्ने उनले बताइन । लगभग ४ बर्ष अगाडी अहिलेका चर्चित संगीत भिडियोका नायक र कलाकार शंकर बिसी सँग म्युजिक भिडियो मार्फत मोडलिङ र अभिनय सुरु गरेकी नायिका सपनाले अहिले सम्म ३ दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन् । र उनले अन्य अरु भिडियो आउने बताईन l

6p6a4922
नेपाली कथानक चलचित्र ‘सारङ्क’ मुभी तिहार पछि हलहरुमा लाग्ने भएको छ ‘सारङ्क’ बाट सपनाले शुभारम्भ गरेकी नायिका सपनाले अहिले सम्म ४ वटा चलचित्रमा काम गरि सकेकी छिन । हालसालै उनको नयाँ चलचित्र ‘मन को उजुरी’ को पनि छायांकन सुरु भईसकेको र आधा छायांकन हुन बाँकि रहेको उनले बताईन । अभिनय र नृत्यमा राम्रो अभिनय गर्ने नायिका सपना हेर्दा पनि त्यतिकै आकर्षण र सुन्दरी पनि देखिन्छिन ।

सधै उज्यालो तथा हसिलो अनुहार साथ प्रस्तुत हुने नायिका सपना सबै संँग चाडै घुलमिल हुने बताईन । लेखक तथा कलाकार बाबा श्यामानन्द सिंह ठकुरी, र माता लक्ष्मी देबी सिंह ठकुरीको, भाइ सागर सिंह ठकुरी र प्रेरणा र हौसलाले कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताइन l

6p6a4913

नायिका सपना भन्छिन , आफ्नो अभिनय ,कला प्रस्तुत गरेर आफु भित्र निहित प्रतिभा तथा क्षमतालाइ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन चाहेको बताईन l
सपना भन्छिन ,आफु कलाकार भएकोले कहिलेकाँहि सिनेमा क्षेत्रका मानिसहरुबाट म्युजिक भिडियो, चलचित्रमा खेलाउँछु र नाता गाँस्नु पर्छ भनेर नचाँहिदो प्रस्ताब पनि आउने गरेको कुरा बताईन l उनले अगाडी भनिन “मैले त्यस्तो प्रस्ताबलाई ठाडै अस्विकार गर्ने गरेको छु ,कामको लागि शरीर बेच्दिन साथै आफ्नो आत्मसम्मान बेचेर सम्झौता पनि गर्दिन” भनिन ।

चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशिलता, अभिनय क्षमता हुनुपर्नेमा बिश्वास राख्ने सपना क्षणिक चर्चाको लागि आफु ननाङ्गीने र ग्ल्यामरसको नाममा जे पायो त्यहि नगर्ने समेत स्पष्ट पारिन आफुले अंगालेको पेशालाई हृदय देखि नै निकै मन पराएको कारण आफु यो पेशामा लागेको बताइन l पेशामा निरन्तरता दिने भन्दै त्याग र तपस्या चाहिने हुनाले आफु दत्तचित्तको साथ लागेको बताईन l

उनले कुराकानी गर्ने क्रममा ,भबिष्यमा अभिनय र नृत्यको माध्यमबाट एक कुशल अभिनेत्रीको रुपमा स्थापित गराउन ठकुरी आफ्नो सुन्दरता प्रति पनि त्यतिकै ध्यान दिने बताइन । उनले अगाडी भनिन ,नेपाली दर्शकहरुको मागलाइ ध्यान दिदै समय सापेक्ष आफुलाइ परिबर्तन गर्दै लैजाने बताइन । साथै कथावस्तु र नेपाली समाजलाई पच्ने खालको चलचित्रमा मात्र आफु अभिनय गर्न तत्पर रहेको बताईन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु