कामना फिल्म अवार्डस् २०७५को आवेदन खुला

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७५, सोमबार

२४ बैशाख, काठमाडौं । लाखौं पाठकको सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको कामना फिल्म अवार्ड्स २०७५ मा सहभागी हुनका लागि आवेदन खुल्ला गरेको छ।
कामनाको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्ले सोमबार प्रेस सामग्री जारी गर्दै चौथो संस्करणको कामना फिल्म अवार्डस् २०७५ का लागि आवेदन खुला गरेको जनाएको छ। कामना फिल्म अवार्डस् २०७५ मा २०७४ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका नेपाली चलचित्रले सहभागीता जनाउन सक्नेछन्। आवेदन निःशुल्करुपमा भर्न पाइने ब्यबस्था गरिएको छ।


कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने लक्स कामना फिल्म अवार्डस्मा २०७३ सालबाट बहुर्राष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ। सम्मान चलचित्रको ः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुँदै आएको अवार्ड समारोहमा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्था तथा विज्ञहरुसँगको बृहत छलफलपछि हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछ। त्यसै गरी चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पु¥याउने एक÷एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिँदै आएको छ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको छ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिँदै आएको छ।


लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाईस अवार्डसमेत थपिएको छ। लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु