कार्कीको डेब्यू ‘म त चोखो माया गर्छु…’

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७३, शुक्रबार

फागुन १३, काठमाण्डौ । लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक विरही कार्की अब आधुनिक संगीततर्फ पाइला चालेका छन् । राम्रो शब्द तथा भाका सिर्जनामा दख्खल राख्ने गायक कार्कीले आधुनिक गीततर्फको पहिलो प्रयासमा आधुनिक गीत ‘म त माया गर्छु’ संगीत गरेका छन् । उनको संगीतमा स्वरुपराज आचार्यको स्वर एवं दिल्ली चन्दको शब्दरचना रहेको गीत सुनखानी म्यूजिकले आज सार्वजनिक गरेको छ ।

anshu copy
म त माया गर्छुमा पुरुष स्वर स्वरुपराज आचार्यको रहेको छ भने महिला स्वरमा लक्ष्मी तामाङको रहेको छ । मायाप्रेम र मिलन विछोडकै कथावस्तुमा तयार भएको गीत म त माया गर्छुबाट गायक विरही कार्कीले आधुनिक संगीतकारतर्फ डेब्यू गरेका हुन् । कार्कीका सुनखानीमा सुन, विन्ध्यवासिनी, शंका नमान, मायालु हजार, जूनकिरी, गुराँस फुल्ने, झ्याउँकिरी लगायतका दर्जनौं गीतहरु चर्चित एवं लोकप्रिय छन् ।  लोकदोहोरीमा त राम्रो स्थान ओगट्न सफल गायक कार्कीको आधुनिक पाटो कस्तो रहनेछ यो गीतले भविश्यवाणी गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु