कार्टुन क्रिउ र एलिशा राइको ‘नाई मलाई थाहा छैन’

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७३, बुधबार

Nai malai tha chaina

फागुन २५, काठमाण्डौ । टिका प्रसाईं र सन्जिब पराजुलीको स्वर रहेको गीत ‘नाई मलाई थाहा छैन’ [क्लब मिक्स] गीत यु-ट्युबमा सार्वजनिक भएको केहि दिनमै चौध लाख बढी पटक हेरिसकिएको छ | पछिल्लो समय युटुब मार्फत चर्चामा आएको डान्स ग्रुप “कार्टुन क्रिउ” र अर्का चर्चित मोडेल “एलिशा राइ” लाई लिएर सोहि गीतको क्लब मिक्स भिडियो सार्बजनिक भए पश्चात भने “नाई मलाई थाहा छैन” को क्रेज निकै बढेको छ l केहि दिन अघि यु-ट्युबमा सार्वजनिक भएको यो म्युजिक भिडिओ नेपालको यु-ट्युब ट्रेन्डमा पहिलो नम्बरमा रहन सफल भएको छ | हेमन्त रानाको साइली गीत पछि युटुबमा अत्यधिक चर्चामा आएको गीत हो “नाई मलाई थाहा छैन” अहिले सुपर हिट हुँदै ‘भाईरल’ भएको हो |
sanjib parajuli- tika prasain

गायकद्वयको ‘सँग सँगै’ अल्बममा समावेस यस गीतका गीतकार एकनारायण भण्डारी, संगीतकार तथा एर्रेंजर आशिष अविरल हुन् | यसै गीतको पहिलो संस्करणमा ‘बाबा एजुकेशन कन्सलटेंसी’को प्रायोजनमा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता पहिले देखिनै संचालित छ | प्रतियोगितामा भिडिओ पठाई सक्नु पर्ने अन्तिम दिन ३१ मार्च २०१७ राखिएको छ | यस प्रतियोगितामा भाग लिने सहभागीहरु मध्ये युटुब भिवर र जजको मुल्यांकनमा एक समूह अर्थात् उत्कृष्ट एक भिडियोले एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् l प्रतियोगितामा सहभागिताको लागि पालन गर्नु पर्ने नियमहरु गायकद्वय सन्जिब पराजुली (facebook.com/SanjibParajuli) र टीका प्रसाईं (facebook.com/Tika.Prasain.Music) को फेसबुक पेजमा हेर्न सकिन्छ |

[भिडियो हेर्नुहोस]

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु