कालीप्रसाद र मनिषको तिलहरी

म्यूजिक खबर
प्रकाशित: ४ जेष्ठ २०७४, बिहीबार

जेठ ३, काठमाडौं— गीतकार तथा कालिप्रसाद बासकोटा पुनः एक पटक नयाँ गीतमार्फत स्रोता तथा दर्शकमाझ आएका छन् । यसपटक उनले ‘तिलहरी…’ गीतमार्फत दर्शकलाई नयाँ स्वाद पस्किएका छन् । नेपालमा यूट्युब टे«न्डिङको पहिलो स्थानमा रहन सफल यो गीतमा सिड्नी, अस्टे«लियामा बसेर संगीतमा उच्च शिक्षा हासिल गरिरहेका मनिष ढकालको स्वर छ । यसले कम समयमै दर्शकको मन जितेको छ । यूट्युबमा सार्वजनिक भएको केही दिनमै एक लाख भन्दा बढि दर्शक पाएको यो भिडियोको निर्देश्ँन निकेश खड्काले गरेका हुन् ।
दर्शकहरुको मन जितिसकेको ‘साइँली…’ गीतका श्रष्टा कालिप्रसादले ‘तिलहरी…’ गीतमार्फत पुनः आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । मर्मस्पर्शी शब्द, कर्णप्रिय संगीत तथा गीत अनुसारको स्वर छनोट गर्न सिपालु कालीप्रसादले युवा गायक मनिष ढकालको स्वरलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।

Tilahari (1)
तिलहरीको भिडियोमा निर्देशक निकेश खड्काले वैदेशिक रोजगारीको कथा समेटेका छन् । यो भिडियोमा विदेश जाने पक्का भएपछि उड्नुअघिको तीन दिनको कथालाई आकर्षक शैलीमा चित्रण गरिएको छ । अभिनेता कामेश्वर चौरसिया तथा रंगमञ्चकी अभिनेत्री लक्ष्मी वर्देवाले आकर्षक अभिनय गरेका छन् ।
गायक मनिष ढकालले यसअघि गाएको ‘परदेशी नभन’ गीत पनि लोकप्रिय भएको थियो । यूट्युबमा झन्डै नौ लाख पटक हेरिएको उक्त गीतमा पनि कालीप्रसादकै शब्द तथा संगीत थियो भने भिडियोको निर्देशन निकेश खड्काले नै गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु