काव्यलाई कसैको नजरले हानेपछि….

म्यूजिक खबर
प्रकाशित: १५ मंसिर २०७२, मंगलवार

गायनको क्षेत्रमा लागेपछि धेरैको नजरले हान्छ त्यो स्वभाविक हो । तर गायिका राम्री देखे भने धेरैका नजरले हान्ने गर्छ । कहिँ कतै देखेपनि धेरैका आँखा राम्री गायिकाको नजरमा परिहाल्छ । गायिका काव्य आचार्यलाई पनि थाहा नै नपाईकन कसैको नजरले हानेछ, कसैको रुपले तानेछ ।
तिम्रो रुपैले तान्यो, तिम्रो नजरैले हान्यो
तिम्रो हेराई बेइमानी
भन भन लौ तिमी को हौ नि

kabya
संगीतकार अर्जुन पोखरेलको संगीतमा गीतकार सुमन बैरागीको शब्दरचना रहेको यस गीतमा गायिका काव्य आचार्यले स्वर भरेकी हुन् । यस गीतमा एउटा सुन्दर युवालाई देखेपछि लाडिएकी एउटी सुन्दरीको मनोभावनालाई उतारिएको छ । गीतअनुसार एउटा सुन्दर युवकलाई देखेर कुनै केटी आफ्नो बस्ने बास, भोक प्यास सबै भुलेर उसकै नशालु हेराईतर्फ आकर्षित भएको कुरालाई प्रस्तुत गरिएको छ । गायिका काव्य आचार्यको दोस्रो एल्बममा समावेश गरिन लागिएको यस गीत डान्सिङ बिटमा रहेको छ । विशेषगरी स्टेज शोहरुमा प्रस्तुत गर्नका लागि यो गीत महत्वपूर्ण बन्ने देखिन्छ । संगीतकार पोखरेलले नयाँ प्याटर्नको संगीत यसमा प्रस्तुत गरेका छन् । शुभकामना मिडियाको प्रस्तुतिमा आउन लागेको नयाँ एल्बमको यो दोश्रो गीत हो । एल्बमका अन्य गीत पनि रेकर्डिङको काम हुँदै गरेको छ । यसभन्दा अघि रेकर्ड भएको सन्तोष श्रेष्ठको संगीत रहेको निचोरेर मुटु दिएँ प्रेमवियोगको गीत हो भने अन्य गीतहरु फरक फरक शैलीमा हुने बताइएको छ ।

suman-arjun

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु