किन्डर गार्डेन ग्लोरीको उपाधि एञ्जलको पोल्टामा

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७३, सोमबार

किन्डर गार्टेन ग्लोरी नेपाल ०१७ को शिर्ष उपाधि चेतना सदन स्कूलमा अध्ययनरत छात्रा एञ्जल गुरुङले जितेकी छन् । जी इलेभेन नेपालद्धारा आयोजित प्रतियोगीतामा आफ्ना २१ जना प्रतिष्पर्धीलाई पछि पार्दै एञ्जलले उपाधी पोल्टामा पारेकी हुन् ।

एञ्जललाई कार्यक्रमका विशिष्ट अतिथि ग्रामिण कलेजका पूर्व क्याम्पसका प्रमुख घनश्याम पुडासैनी तथा निर्णायक मण्डलले संयुक्त रुपमा ताज पहिनाइ दिएका थिए । प्रतियोगितामा प्रोमिनेन्ट स्कूलका समिक रावल फस्ट रनरअप र सीइए स्कूलका छात्रा आयुष देवकोटा सेकेण्ड रनरअप भए त्यस्तै सीइए स्कूलकै छात्रा रेशिका दानी पव्लिक च्वाइस अवार्ड जित्न सफल भइन् ।received_1782304688762493

राजीव वलामी र विपाना थापाको कोरियाग्राफी रहेको प्रतियोगितामा एञ्जेन खड्गी वेष्ट स्माइल, दिव्या गमाल वेष्ट डे«स, आकांक्षा श्रेष्ठ स्मार्ट चाइल्ड, रेयुन महर्जन लेजेण्ड पर्सनालिटी, एञ्जल गुरुङ मष्ट ट्यालेन्ट, अदित श्रेष्ठ स्माइल, युगेन लामा वेष्ट हेयर, सफलता खरेल बेष्ट वाक, विवेक तिमिल्सीना मष्ट एक्टिभ, निष्ठा चौधरी मष्ट डिसिपिल्न, शुभम भट्टराई मष्ट ह्याण्डसम, प्रशन बाबु राई मष्ट पर्सनालिटी, इच्छा भण्डारी मष्ट कन्फीडेन्ट, मेरिसा घिमिरे क्यूट चाइल्ड, रिहना श्रेष्ड मष्ट भर्सटाइल, प्रिज्मा न्यौपाने मष्ट चार्मिङ, प्रिजल न्यौपाने फोटोजेनीक, सन्भी तण्डुकारले वेष्ट स्किन अवार्ड पाए ।received_1782305042095791

माल्टो रिच कम्पनीका तर्फवाट शिर्ष उपाधि विजेता एञ्जल गुरुङलाई नगद विस हजार सहित विभिन्न गिफ्ट ह्याम्पर, त्यस्तै फष्ट रनरअप लाई उपकार चियाको तर्फबाट नेशनल म्यानेजर निरोज मालाकारले नगद पन्ध्र हजार सहित विभिन्न गिफ्ट ह्याम्पर, सेकेण्ड रनर अप र पव्लिक च्वाइस अवार्ड विजेतालाई माल्टो रिच कम्पनीकै तर्फबाट नगद दश हजार, पाँच हजार र विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरियो भने अन्य सहभागी नानी, बाबुहरुलाई समेत विभिन्न गिफ्ट ह्याम्पर सहित मायाको चिनो, प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक भक्त ब. राईले वनाउनु भयो ।

यस प्रतियोगिताकालागि कोरियोग्राफर फेशन संचारकर्मी जयन सुब्बा मानन्धर, युवा व्यवसायि किसन सिंह, वरिष्ठ इन्जिनीयर रामहरी फूँयल, नायिका महिमा सिलवाल, गायक÷संगीतकार अमिर देउलाले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।received_1782304392095856

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु