किन आँखा लाए रामजीले मिरालाई भिडियो हेर्नोस्

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७४, बुधबार

२६ पुष, काठमाडौं । चर्चित गायक रामजी खाँडले चर्चा बटुल्दै गरेकी गायिका मिरा गिरीलाई किन आँखा लाए चर्चाको विषय बनेको छ । गीतसंगीतको क्षेत्रमा आँखा लाउनु त सामान्य मानिन्छ तर किन र कसरी यस्तो भयो भन्ने चाहिँ झन् चर्चामा देखिन्छ । लोकदोहोरीको क्षेत्रमा झुम्के बुलाँकी लाउनेहरुलाई आँखा लाउनु, उसको मायाले लठ्ठै पार्नु कस्तो अचम्म ।

गायिका मिरा गिरी र रामजी खाँडको स्वरमा रहेको लठ्ठै पा¥यो तिम्रो मायाले बोलको गीतको यतिबेला चर्चा चलेको छ । शिव हमालको शब्द र संगीतमा तयार भएको गीत लठ्ठै पा¥यो तिम्रै मायाले पछिल्लो समय निकै चर्चामा रहेको छ । मायाप्रेमसँगै विभिन्न ठाउँको नाम जोड्दै मौलिकता पस्कने प्रयास गरिएको लोकदोहोरी गीत लठ्ठै पा¥यो तिम्रो मायाले सबैको मन छुन सफल भएको छ ।

यस गीतको म्यूजिक भिडियोमा अत्यन्तै रुचाइएका मोडल रिना थापा मगर, अञ्जली अधिकारी र रामजी खाँणको उत्कृष्ट नृत्य रहेको छ । पछिल्लो समय अत्यन्तै उत्कृष्ट निर्देशन गर्दौ लोकप्रियता बटुलेका यूवा निर्देशक मौसमी हिमालीको निर्देशन रहेको यस म्यूजिक भिडियोको छाँयांकन दुर्गा पौडेलले गर्नुभएको हो भने सम्पादन प्रकाश धमलाले गर्नुभएको हो । विजय डिजिटले वजार व्यस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु