‘किन आजकल तिम्रो मन मैलो भो’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७४, मंगलवार

paul sha-pooja

असार ६, काठमाण्डौँ । नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु’बाट ‘किन आजकल तिम्रो मन मैलो भो’ गीत सार्वजनिक भएको छ । गीतमा पल शाह र पूजा शर्माको रोमान्टिक अभिनय रहेको छ ।

गीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले विभिन्न जातजातीको भेषभुषालाई समेत समावेश गरेका छन् । अर्जुन पोखरेलको संगीत र स्वर रहेको यो गीतमा अम्बिका शर्माको शब्द छ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा संजय लामाको छायांकन, प्रितम पाण्डेको सम्पादन छ । चलचित्रमा सुदर्शन र पूजाको लगानी छ ।

चलचित्रमा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङको अभिनय छ । सुदर्शन र दिनेश न्यौपानेले चलचित्रको पटकथा तथा संवाद लेखेका हुन् । यो गीतको भिडियो सार्वजनिक भएपछि चलचित्रको चर्चा अझ बढ्ने पक्का छ । यो फिल्म असार ३० गतेबाट रिलिज हुँदैछ ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु