किन गरिन् भोजपुरी अभिनेत्री अन्जलीले आत्महत्या ?

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७४, मंगलवार

काठमाण्डौ । भोजपुरी चलचित्रकी अभिनेत्री अन्जली श्रीवास्तवले आत्महत्या गरेकी छन् । रिपोर्ट अनुसार मुम्बईको उपनगरीय क्षेत्र अंधेरी स्थित आफ्नै घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् । २९ बर्षिय अभिनेत्री अन्जली भर्खरै एक भोजपुरी चलचित्रको काम सम्पन्न गरेकी थिईन् ।

प्रहरी रश्मि करन्दीकरका अनुसार अन्जलीको शव मुम्बईको परिमल सोसाइटी स्थित आफ्नो फ्यालटमा दिउँसोको समयमा पंखामा झुण्डिएको अवस्थामा भेटिएको हो ।
anjali shreewabtab
उनका साथिहरुका अनुसार आईतवार देखि नै अन्जलीले फोन नउठाँउदा चिन्तित भई फ्याटका मालिकसँग सम्पर्क गरेर आर्को चाबीले घरको ढोका खोल्दा उनि झुण्डिएको अवस्थामा भेटिएको थियो ।

शवलाई पोस्ट मार्टमको लागि पठाईएको छ । के कारणले आत्महत्या गरेको भन्ने बारे अहिले सम्म कुनै कारण खुल्न नसकेको प्रहरीले बताए । पुलिस फोर्स आखिर अन्जलीले किन गरिन् त आत्महत्या पुलिसफोर्स यसको कारण पत्ता लगाउने कोशिश गरिरहेको छ ।

बलिउड मिडियाका अनुसार अन्जली एक वर्ष यता निकै नै तनावमा देखिने गरेकी थिइन् । नयाँ फिल्म नपाइरहेको अवस्थामा उनी मायानगरी मुम्बई मा स्ट्रगल गरिरहेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु