किन दियो अदालतले गायिका थापालाई सफाइ

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७२, शनिबार

काठमाडौं । लोकदोहोरी क्षेत्रमा क्रियाशील रहेकी लोकप्रिय गायिका सिर्जना विरही थापालाई काठमाडौं जिल्ला अदालतले ठगी सम्बन्धि मुद्दाबाट सफाइ दिएको छ । पूजा भनिने लक्ष्मी रायमाझी धितालले ३० लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा गायिका थापाविरुद्ध उजुरी गरेकी थिइन् ।
धितालको उजुरीलाई मध्यनजर गर्दै प्रहरीले गायिका थापालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो । २०७० असारमा ठगी गरेको आरोपसहित थापाविरुद्ध मुद्दा चलाइएको भए पनि १८ दिनमै थापा धरौटीमा रिहा भएकी थिइन् । गायिका थापाविरुद्ध लगाइएको मुद्दा जिल्ला अदालतले गत मंसिरमा पैmसला गरी उनी निर्दोष भएको सावित गरेको हो ।

sirja birahi thapa
गायिका थापाले एल्बम निकालिदिन्छु, कभर फोटो राखिदिन्छुलगायतका प्रलोभन देखाई उक्त रकम ठगी गरेको आरोप लगाउँदै निज रायमाझीले उजुरी गरेको भए पनि अदालतले उनीविरुद्ध लगाइएको आरोप प्रमाणित हुन नसकेका कारण गायिका सिर्जना विरही थापा निर्दोष सावित भएकी हुन् । गायिका थापाविरुद्ध लागेको अभियोगमा तथ्ययुक्त प्रमाण नपाइएको, थापाले दिएको बयानमा प्रत्येक पटक आफू निर्दोष रहेको दाबी गर्दै झुठा आरोप लगाइएको भनी बयान दिएको, जाहेरवाली निज रायमाझी धितालले दिएको वकपत्र, मौकामा बुझिएका साक्षीहरुको बयानबाट पनि ठगी गरेको भन्ने तथ्य प्रमाण पुष्टि हुन नसकेकोले गायिका थापालाई सफाइ दिएको भन्ने कुरा अदालतको फैसलामा उल्लेख छ ।

sirjana birahi
उक्त फैसलापछि गायिका थापाले खुशी व्यक्त गर्दै आफूलाई झुठो आरोप लगाई, जालसाजी गरी षड्यन्त्रपूर्वक फसाउन खोजे पनि अदालतको फैसलाले सत्यको विजय भएको बताइन् । आफ्नो लोकप्रियतालाई रिस गर्नेहरुले रचेको प्रपञ्च अन्ततः असफल भएको उनको भनाइ छ ।
बनको काफल बनकै चरिलाई, एउटा चिठी लेख्न मन लाछ, बुलबुल तालको छेउलगायत दर्जनौं सफल गीत दिइसकेकी छन् । लोकदोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाइसकेकी थापाको स्वरको जति चर्चा हुन्छ त्योभन्दा बढी उनको शब्दरचनामा चर्चा हुने गर्छ । गायिका थापा विगत केहीसमयदेखि अमेरिकामा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु