गीतकार संघमा ११ सदस्य पु¥याउनै धौ ?

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७३, शुक्रबार

पौष २९, काठमाण्डौ । गीतकार संघ नेपालले स्थापना भएको सातौं वर्ष पार गर्दा तीन जना अध्यक्षको नेतृत्व पाएको छ । संस्थापक अध्यक्ष डा.कृष्णहरि बरालले एक कार्यकाल संस्थाको प्रतिनिधित्व गरेपछि योगेन्द्रमणि दाहालले दुई कार्यकाल सम्हालेका थिए । आज भएको गीतकार संघको छैठौं अधिवेशनले चुडामणि देवकोटा अध्यक्ष भएका छन् । गीतकारहरुको छाता संगठनका रुपमा परिचित भएको गीतकार संघमा ३७० जना साधारण सदस्य रहेका छन् भने आजीवन सदस्य ६६ जना रहेका छन् । डा.कृष्णहरि बरालको अध्यक्षतामा स्थापना भएको संस्थामा सात वर्षपछि धेरै उतारचढाव भइसके ।

Lyricists Association nepal
योगेन्द्रमणि दाहाल कार्यसमितिको अध्यक्षता सम्हालिसकेपछि गीतकार संघको हाइट धेरै माथि पुगेको थियो । दाहालले नै गीतकार संघको १ लाख राशिको पुरस्कार र अग्रज स्रष्टा सम्मानको थालनी भएको थियो । गीतकार संघको गतिविधिमा नयाँ आयाम समेत दाहालको कार्यकालमा आएको थियो तर यथार्थता छैठौं अधिवेशनमा आएर खुल्यो कि दाहालले दिएको ऋणबाट संस्था चलिरहेको रहेछ । दाहाल केही समयपहिला आफ्नो कार्यरत रहेको संस्था पञ्चकन्याको आर्थिक घोटलामा परेर मुद्दा मामिलामा परेपछि गीतकार संघमा आँधिबेहरी नै आएको स्थिति देखियो । संघका महासचिव शुभ मुकारुङको प्रतिवेदन पढ्दै जाँदा संघमा भएको गतिविधिमा शुभलाई साथ दिने कमै देखिए । तत्कालिन समयमा उपाध्यक्ष विपिन किरण र सचिव राम भट्टराईले अध्यक्ष अफ्ठ्यारोमा परेको बेला राजिनामा दिएर चोखिन खोजेको कुरा धेरैले आँकलन गरे ।

Lyricists Association
छैठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै गर्दा ११ जना सदस्यको कार्यसमिति पु¥याउन धौ धौ भयो । चुडामणि देवकोटालाई पहिलेदेखि नै अध्यक्षमा ल्याउने चर्चा चल्दै आएको थियो । तर निर्वाचन कमिटि निर्माण गरेर उम्मेदवारी दर्ता गर्दै जाँदा चुनावी माहौलको कार्यक्रममा आएका करिब ५०–६० जनाको उपस्थितिभित्रबाट उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा उम्मेदवारी प¥यो तर सदस्यमा भने ६ जना पु¥याउन खोज्नु पर्ने अवस्था देखा प¥यो । गोविन्द गिरी र धरारानीले उम्मेदवारी दिइसकेपछि अन्य सदस्य संख्या पु¥याउन ‘तपाई उठ्नुस् न’ भन्दै खोज्नुपर्ने बाध्यता आइपर्दा संघलाई अब चुनौतिको बाटोमा लगिएको अवस्था देखियो । अभिभावकत्व नपाएको टुहुरोजस्तो बन्दै गएको आभास अधिवेशनमा देखिएको पक्कै हो । गीतकार संघका सदस्यले आफ्नो संस्था कहाँ छ भनेर नखोज्नु, पद पाउँदा मात्र आफ्नो भनिनु जस्तो प्रवृत्ति पनि प्राज्ञिक भनिएका गीतकारहरुमा देखियो । अबको बाटो गीतकार संघले कसरी पाइला चाल्छ भन्नेमा दुखद् बन्दै गएको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु