किरण र अर्जुनको मुुटुभित्र सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७१, आईतवार

काठमाडौं, १८ जेठ । गायक किरण र संगीतकार अर्जुन नेपालीको आधुनिक एल्बम मुटुभित्र गत शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । राजधानीको पब्लिक युथ क्याम्पसको हलमा एक कार्यक्रमका आयोजना गरी चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको प्रमुख आतिथ्यतामा म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागी, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, कलाकार राजु बजाज लगायतको हातबाट संयुक्त रुपमा एल्बम मुटुभित्र सार्वजनिक गरिएको थियो ।
एल्बम मुटुभित्रकी प्रस्तुकर्ता प्रमिलाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गायक किरणले मुटुभित्र वचनको झिर र हाँस्नको लागि कर्ममा बोलका गीत गाएर सुनाएका थिए । त्यस्तै कार्यक्रममा उपस्थिति अतिथिहरुलाई सम्मानपत्रद्वारा सम्मान पनि गरिएको थियो ।
एल्बमका सम्पूर्ण गीतमा अर्जुन नेपालीको संगीत रहेको छ भने गायक किरणको एकल स्वर सजिएको छ । एल्बमभित्र मुटुभित्र वचनको झिर, हाँस्नको लागि कर्ममा, छाडेर जाने रैछौ, खोटो रैछ मेरो भाग्य, के मायालु जस्ता गीतहरु रहेका छन् । जसमा नारायण, हरिकुमार राई, अर्जुन नेपाली, स्नाकलनको शब्द रहेको छ । मुटुभित्र एल्बमलाई आरबी म्यूजिक प्रोडक्सनले बजार प्रबद्र्धन गरेको छ ।

Mutubhitra_suman bairagi Mutubhitra_suman bairagi (13) Mutubhitra_suman bairagi (12) Mutubhitra_suman bairagi (11) Mutubhitra_suman bairagi (10) Mutubhitra_suman bairagi (9) Mutubhitra_suman bairagi (8) Mutubhitra_suman bairagi (7) Mutubhitra_suman bairagi (6) Mutubhitra_suman bairagi (5) Mutubhitra_suman bairagi (4) Mutubhitra_suman bairagi (3) Mutubhitra_suman bairagi (2) Mutubhitra_suman bairagi (1)

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु