किरण र जुनुले ल्याए ‘मुख छोपी’ ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७४, मंगलवार

फागुन ८, काठमाडौं । गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुराना संगीतकार अनिल शाहीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुवोध सुधाकर रिजालले रचना गरेका हुन् । गीतमा अनिल शाहीकै संगीत संयोजन छ । भिषण मानन्धरले प्रोग्रामिङ गरेको उक्त गीतलाई प्रकाश केसीले मिक्सिङ गरेका छन् ।

यसअघि ‘बरीलै…’ तथा ‘माया मैस“ग लाइ देउन…’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धि समेत हुन् ।

मोहनराज अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई नृत्यपरक बनाइएको छ । म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन् । भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको उक्त भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

यस्तो छ मुख छोपी…को म्युजिक भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु