किरण, विवेक, वसन्ती र चन्द्रबहादुरलाई अनुपमको सम्मान

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७४, सोमबार

जेठ २९, पोखरा । अनुपम म्युजिक पोखराले हरेक वर्ष प्रदान गर्ने अनुपम म्युजिक अवार्ड यस वर्ष सङ्गीतकार किरण कँडेललाई प्रदान गरिने भएको छ । त्यसै गरी, हरेक वर्ष प्रदान गरिने अनुपम सङ्गीत सम्मानबाट गायक विवेक श्रेष्ठ र गीतकार वसन्ती लालचनलाई सम्मान गरिने भएको छ ।

यस्तै, तीर्थहरि स्मृति प्रतिष्ठानद्वारा स्थापित तीर्थहरि समाजसेवा अवार्ड समाजसेवी चन्द्रबहादुर गुरुङलाई प्रदान गरिने भएको छ । गायक रामभक्त जोजिजूको संयोजकत्वमा समाजसेवी वीरेन्द्र पालिखे र गीतकार रेशम रचक सदस्य तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा उहाँहरुलाई सम्मान गर्न लागिएको हो । अनुपम म्युजिकद्वारा आगामी असार ३ गते पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित चौथोे अनुपम साङ्गीतिक साँझका अवसरमा उक्त अवार्ड र सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

kiran kadel copy
सयौँ गीतमा सङ्गीत तथा हजारौँ गीतमा सङ्गीत संयोजन गर्नुभएका किरण कँडेलले काठमाडौँमा रहेर झण्डै ३ दशकदेखि सङ्गीत साधना गरिरहनुभएको छ । प्रज्ञा साउन्ड रेकर्डिङ स्टुडियोका सञ्चालकसमेत रहनुभएका कँडेलले नेपाली साङ्गीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको भन्दै अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।

यस्तै, दुई दशकदेखि पोखराबाट नेपाली सङ्गीतका क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका गायक विवेक श्रेष्ठ कन्दरा ब्यान्डका मुख्य गायक हुनुहुन्छ । हङ्कङ पोखरा…, तगारोमा रुमाल राखी…, म आफैँ धमिलो…लगायत चर्चित गीतका गायक श्रेष्ठका कन्दरा ब्यान्डबाट ५ ओटा र उत्सव नामक एकल आधुनिक गीति एल्बम स्रोतामाझ आइसकेका छन् ।
त्यसै गरी, गीतकार वसन्ती लालचनले रचना गर्नुभएका क्या राम्रो स्याउबारी…, घान्द्रुककी ठिटी म…., धौलागिरी अञ्चल….लगायतका गीतहरु चर्चामा छन् । उहाँको २०६० मा सपनाको गाउँ एल्बम बजारमा आएपछि गाउँका गीतहरु निर्माण हुने परम्पराको थालनी भएको मानिन्छ ।

यसै बीच, यस वर्षदेखि प्रदान गरिने तीर्थहरि समाजसेवा अवार्डबाट सम्मानित हुन लाग्नुभएका चन्द्रबहादुर गुरुङले पाहार ट्रस्ट नेपालको स्थापना गरी नेपालका विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालय भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । लमजुङमा जन्मेर पोखरालाई कर्मथलो बनाउनुभएका गुरुङले नेपालको शिक्षा र समाजसेवाका क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गर्न लागिएको अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिनुभयो ।

कार्यव्रmममा गायक विवेक श्रेष्ठ, कर्म ग्याल्छेन, किरण कँडेल, रामभक्त जोजिजू, पशुपति गुप्ता, ध्रुव तामाङ, रोशनी गुरुङ, तमन्ना गुरुङ, श्रीधरण कँडेल, सन्तोष प्रधान, सुदिप गुरुङलगायत पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारको साङ्गीतिक प्रस्तुतीसहित एकल नृत्य प्रतियोगिताको फाइनल चरण पनि प्रस्तुत गरिने सचिव रुपिन्द्र प्रभावीले जानकारी दिनुभयो । साथै, सो अवसरमा पोखरेली नारी कलाकारहरुको संस्था हार्मोनी द मोर्डन सङ स्ट्रेसका कलाकारहरुको विशेष प्रस्तुती रहेन बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु