किर्तीमान राख्न जालो र जालो रिटर्न्स

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७३, मंगलवार

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ किर्तीमान राख्ने अपेक्षा गर्दै फिल्म ’जालो’ र ’जालो रिटर्न्स’ एकसाथ निर्माण हुने भएको छ । अराज केशवको लेखन र निर्देशनमा यि दुई फिल्मलाई एकै सटमा खिचिने भएको छ । अराजले आफ्नो ७ वर्षदेखिको सपना पूरा हुन लागेको बताउँदै करिब चार घण्टामा खिचिने यस फिल्ममा क्यामेरा अन भएपछि एकैचोटी कट हुनेछ र चलचित्रको छायांकन सकिनेछ । प्रेम, कमेडी र सस्पेन्स रहने फिल्मलाई गिनिज बुकमा नाम लेख्ने तयारीका साथ निर्माण गर्न लागिएको निर्देशक केशवले बताएका छन् । अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, बर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहने यस चलचित्रलाई हरि लामाले छायांकन गर्नेछन् । २ वटा चलचित्र संसारमै पहिलो पटक एकै सटमा खिचेर तयार गर्दै गिनिज बुकमा नाम लेखाउने सोच आफूहरुको भएको निर्माता मोहित मुनालले बताए ।

16071934jalo

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु