कुन शब्दले सम्धोन गरुँ : शम्भूजित । जम्बो टोलीको सम्मान

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७१, बिहीबार

काठमाडौं, २ असोज । वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले सम्मान पाएपछि भजन शिरोमणी भक्तराज आचार्यलाई सम्बोधन गर्ने शब्द नै नपाएको बताए । वरिष्ठ संगीतसाधक, स्वरका धनी र सुरका धनी भजन शिरोमणीको हातबाट सम्मान लिन पाउनु आफ्ना लागि सबैभन्दा महत्वपूर्ण भएको बताउँदै शम्भूजितले संगीतको शिखर पुरुषका लागि सम्बोधन गर्ने शब्द नै नपाएको बताए । विन्दवासिनी सांगीतिक साँझका अवसर पारेर विन्दवासिनी म्यूजिकले वरिष्ठ संगीतकार शम्भूजित बास्कोटालाई विन्दवासिनी संगीतकर्मी सम्मान प्रदान गरेको छ । भजनशिरोमणी भक्तराज आचार्यको हातबाट प्रदान गरिएको उक्त सम्मानमा ५१ हजार १ रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको थियो । यस सम्मानको प्रायोजन भने एशियन म्यूजिकले गरेको थियो ।

Bindabasini music award (6)

जम्बो टोलीको सम्मान
विन्दवासिनी फाउन्डेसनका आजीवन सदस्य बन्नेहरुलाई सोही अवसरमा सम्मान गरिएको थियो । करिब ३६ जनाको टोलीलाई नै आजीवन सदस्य भएवापत सम्मान गरिएको उक्त कार्यक्रममा उनीहरुलाई ताम्रपत्र , माला र खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै खुमानन्द गौतमलाई पनि उक्त अवसरमा विन्दवासिनी सम्मान दिइएको थियो । विन्दवासिनी संगीत साँझलाई विशेष सहयोग गरेवापत समाजसेवी र गीतकार गौतमलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा विन्दवासिनी म्यूजिकले १६ जना पत्रकारहरुलाई विन्दवासिनी संगीत पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको थियो । प्रत्येक पत्रकारलाई ५ हजार राशिसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा नवराज लम्साल, शान्तिप्रिय, अनन्त वाग्ले, सुव्रत आचार्य, नवीन दाहाल, डब्बु क्षेत्री, सविना कार्की, राज श्रेष्ठ, राजन घिमिरे, राजाराम फुयाँल, गोविन्द गिरी, चन्द्रमणी भट्टराई, श्याम स्मृतलगायत १६ जना पत्रकारहरु रहेका थिए । पत्रकारिता पुरस्कारको प्रायोजन भने होटल मनाङले गरेको थियो ।

Bindabasini music award (4)

Bindabasini music award (14)

मनोनयनको प्रमाणपत्र प्रदान
सोही अवसरमा विन्दवासिनी म्यूजिक अवार्डको उत्कृष्ट पाँचमा परेका स्रष्टा र सर्जकहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । राजु सिंह, योगेन्द्रमणी दाहाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, दिपक शर्मा, नरेन्द्र प्यासी, विरही कार्की, सरिता कार्की, मौसम गुरुङ, देवी घर्ती, राजु ढकाल, साहिमा श्रेष्ठ, किरण केसी क्रोधी, जुना प्रसाईं, राम सिटौला, दुर्गा खरेल लगायतका संगीतकर्मीहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । आगामी मंसिरमा हुने विन्दवासिनी म्यूजिक अवार्डमा सहभागी विभिन्न ३१ विधाका १ सय ५५ संगीतकर्मीहरु मनोनयनमा परेका छन् ।  उक्त अवसरमा सत्यस्वरुप, रजिना रिमाल, नरेन्द्र प्यासी, मौसम गुरुङ लगायतका गायक गायिकाले गायन प्रस्तुत गरेका थिए ।

Bindabasini music award (16)

Bindabasini music award (15)

Bindabasini music award (13)

Bindabasini music award (12)

Bindabasini music award (11)

Bindabasini music award (10)

Bindabasini music award (9)

Bindabasini music award (8)

Bindabasini music award (7)

Bindabasini music award (5)

Bindabasini music award (3)

Bindabasini music award (2)

Bindabasini music award (1)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु