कृपाबाट गीतकार बन्दै किशन

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७२, बुधबार

अमेरिकामा बस्दै आएका दंगाली युवा किशन रेग्मी अब गीतकारका रुपमा पनि बाहिर आएका छन् । उनी आफैं निर्माता रहेको गीतिसंग्रह कृपामा रहेको हरेक रात सपनीमा बोलको गीतमार्फत रेग्मीले गीतकारको परिचय थपेका हुन

सरगम सञ्चार नेपाल प्रालिले बजारमा ल्याएको गीतीसंग्रह कृपामा रहेको रेग्मीको यो गीतमा मञ्जील मोहन कार्कीको स्वर र संगीत रहेको छ । संग्रहका अन्य गीतहरु बसन्त बिवस आचार्य र शरदचन्द्र काफलेले लेखेका हुन । जस्मा रामचन्द्र काफले र मोहन मञ्जीलको स्वर सुन्न सकिन्छ । युएस खवर अनलाइनका प्रकाशक समेत रहेका रेग्मीले अमेरिकामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा अझै लगानी गर्ने आफनो चाहना रहेको बताएका छन ।

KirpaBack-Side-Cover

स्तरिय नेपाली गीत निर्माणमा आफूले सक्दो योगदान दिने रेग्मीले बताएका छन । केहि समय पछि अमेरिकामै लोकापर्ण गर्ने तयारी गरिएको गीती संग्रहमा गीतकार लोकराज अधिकारीका शब्द, शिव परियार र रिब्सन खाती क्षेत्रीको स्वरमा रहेका दुई गीत बोनस सङका रुपमा श्रोताले सुन्न पाउने पनि गीतकार तथा निर्माता किशन रेग्मीले बताएका छन् । कृपामा समाबेश गीतमा श्रीकृष्ण बम मल्ल, मञ्जील मोहन कार्की, ठाकुर प्रताप दुलाल र नरहरी प्रेमीको संगीत रहेको छ । रेग्मीले सबै तारतम्य मिलेमा टेक्सासमा केहि समय पछि आयोजना हुने सत्यस्वरुप एकल गायन साँझमा गीतिसंग्रह लोकापर्ण गर्ने जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु