कृष्णभक्त वामपन्थी योद्धा हुन् : भानेन्द्र

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७१, मंगलवार

काठमाडौं, १७ भाद्र । गायक कृष्णभक्त राई पञ्चायतकालको एक वामपन्थी योद्धा भएको कुरा गीतकार भानेन्द्र कुमार लिम्बूले एक कार्यक्रममा प्रष्ट पारे । गायक कृष्णभक्त राई धरानमा ज्ञानचक्षु विद्यालयमा पढ्दादेखि नै राम्रो गीत गाउन भएका कारण उनलाई वामपन्थीहरुले आफ्नो आन्दोलनमा जबर्जस्त बोकेरै भए पनि लगेर गीत गाउन लगाउने गरेको लिम्बूले बताए । कृष्णभक्त राईको स्वर राम्रो भएका कारण गाउँमा गीतमार्फत् आन्दोलन गर्दा सहज हुने हुँदा गाउँलेलाई क्रान्तिकारी गीतहरु सुनाएर पञ्चायती व्यवस्थाको अन्त्यका लागि उठ्न प्रेरित गरिएको हुन्थ्यो लिम्बूले भने । गायक कृष्णभक्त राईको १६ औं एल्बम विमोचनको अवसरमा बोल्दै भानेन्द्र लिम्बूले कृष्णभक्त राई बाहिरी आँखा नदेख्ने हुन् तर अन्तरहृदय फराकिलो भएका कारण उनी वामपन्थी योद्धादेखि एउटा सफल कलाकारसम्म आइपुगेका छन् । त्यस्तै लिम्बूले त्यो बेला पञ्चायती व्यवस्था ढाल्न उनलाई जसरी प्रयोग गरिएको थियो अहिले कुनै पनि राजनीतिक दलले उनलाई कुनै सहयोग नगरेको गुनासो व्यक्त गरेका थिए । पञ्चायत व्यवस्था अन्त्य गरी बहुदल ल्याउने काममा हिंडेका राजनीतिक नेताहरु उनले नै गाएको गीतबाट मन्त्री, प्रधानमन्त्री भए तर गायक कृष्णभक्त राईलाई गहनाकै रुपमा प्रयोग गरेर थन्क्याइयो यो बिडम्वना हो । यहाँ सरकार अन्धो भएको छ लिम्बूले भने कृष्णभक्त संसार देख्न सक्ने एउटा सफल गायक, संगीतकार, एरेन्जर मात्र नभएर संगीतप्रेमी जनताका मनमा बस्न सफल भएका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु