कृष्णभक्त होइन सरकार अन्धो छ : राई

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०७१, शनिबार

काठमाडौं, १४ भाद्र । संगीतकार शान्तिराम राईले गायक एवं संगीतकार अन्धो नभएको बरु सरकार अन्धो भएको बताएका छन् । कृष्णभक्त राईको एकल गायन एवं संगीतमा भएको एल्बम विलिभ (विश्वास)को विमोचन कार्यक्रममा बोल्दै कृष्णभक्त अन्धो भएर पनि अन्तरदृष्टिबाट कला क्षेत्रलाई ठूलो सहयोग पु¥याइरहेको बताउँदै उनीजस्ता अपांगका लागि सरकारले कुनै पनि कार्य नगरेको हुँदा सरकार अन्धो छ, अब सरकारले आँखा खोल्नुपर्छ भनेका हुन् । गायक कृष्णभक्त राईको १६ औं एल्बम विलिभको सार्वजनिक गर्दै कार्यक्रमकी प्रमुख अतिथि अन्जु पन्तले गायक राईजस्तो प्रतिभालाई सबै क्षेत्रबाट सहयोग पु¥याउनु पर्ने भन्दै जे काम गर्नुछ आफैंबाट सुरु गर्नुपर्छ भन्ने सोचका साथ उनको एल्बम लिएवापत एक हजार दिने घोषणा गरेकी थिइन् । पन्तले मबाट सुरुवात भएको यो एल्बमका लागि सहयोग सबै व्यक्तित्वबाट भयो भने पक्कै पनि कृष्णभक्तलाई अझ राहत हुने र उनको सिर्जनाले अझ फल्ने र फुल्ने मौका पाउने बताएकी थिइन् । त्यसो त उनले आफू मण्डलीबाट आउँदैमा कृष्णभक्तको लागि परमेश्वरसँग प्रार्थना गरेर आएको पनि भन्न भुलिनन् ।
त्यसैगरी गायक कृष्णभक्त राई वामपन्थी क्रान्तिका सांगीतिक योद्धा भएको बताउँदै गीतकार भानेन्द्र कुमार लिम्बूले पञ्चायतकालमा गायक कृष्णभक्तलाई बोकेर भए पनि गीत गाउन गाउँ गाउँ लिएर हिंडेको स्मरण गरे । लिम्बूले भने – पञ्चायतका विरुद्धमा कृष्णभक्तलाई जनसांस्कृतिक महासंघले गीत गाउन लगाएका थिए तर तिनै कृष्णभक्त आज एउटा ठूलो गायक, संगीतकार, एरेन्जर भएका छन् । त्यस्तै गायक राजेशपायल राईले पनि गायक कृष्णभक्तलाई पहिला पक्कै आँखा देख्छ की भनेर चेक गरेको कुरा स्मरण गर्दै उसले वास्तवमै अन्तरदृष्टिबाट सांगीतिक आँखाले हेरिरहेको बताएका थिए । गायक राईले कृष्णभक्तजस्तो बहुप्रतिभा भएको आफूले नभेटेको बताउँदै पियानो फेस्टिबलमा अष्ट्रियाले भिसा नदिएका कारण कृष्णभक्त राई अन्तर्राष्ट्रिय पियानो फेस्टिबलमा भाग लिन नपाएको बताए ।
गायक कृष्णभक्तको १६ औं प्रस्तुति रहेको विलिभमा चार वटा गीतहरु समावेश गरिएको छ । जसमा अमेरिका निवासी हस्त गौतमको शब्द रहेको छ भने कृष्णभक्तको एकल स्वर तथा संगीत रहेको छ । सरु गौतम निर्माता रहेको विलिभ्स्को सार्वजनिक कार्यक्रमको आयोजना भने म्यूजिक पार्कले गरेको थियो ।  सरु गौतम निर्माता रहेको विलिभ्स्को सार्वजनिक कार्यक्रमको आयोजना भने म्यूजिक पार्कले गरेको थियो ।

7 6 5 4 3 2

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु