कृष्णालाई आफ्नै जिन्दगीको भर छैन- भिडियोसहित

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७२, आईतवार

गायिका कृष्णा बिसीलाई यतिखेर बल्ल लागेको छ जिन्दगीमा आफ्नै भर छैन । सुर्खेतबाट काठमाडौंलाई कर्मथलो बनाउन हिंडेकी गायिका कृष्णालाई १२÷१३ वर्षको बसाइमा जिन्दगीकै भर नभएको महसुस हुन थालेको छ । संगीतलाई मन मुटुमा राखेर हिंडेको पनि लामो समय भइसक्यो, अनेकौं आरोह अवरोहमा जिन्दगी बिताइरहेकी गायिका कृष्णाले ५९ सालदेखि गायन यात्रा प्रारम्भ गरेकी हुन् । हुन त उनको स्कुलदेखि नै गीत गाउने स्वभाव थियो, गाउँको वातावरणमा उनले आफूलाई संगीतमा परिवर्तन गर्दै आएकी थिइन् । अहिलेसम्म चार वटा एल्बम बजारमा ल्याइसकेकी छिन्, डेढ दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन् तर संगीतलाई नै बाँच्ने आधार भने बनाउन सकेकी छैनन् ।

संगीत शोखका रुपमा बदलिँदै गयो अनि बाँच्ने आधार भने उनको एनजिओतिर लम्कियो । मेहनतको फल मिठो हुन्छ भन्छन् तर म अहिलेसम्म मेहनतमै छु, कृष्णाले भन्छिन् । यतिखेर उनले अर्को एउटा नयाँ दोहोरी बजारमा ल्याएकी छिन्, हातमा तिन्टा एक्का ।

सोचेजस्तो जिन्दगी बन्दैन
कालले पनि आउँदैछु भन्दैन
हातमा तिन्टा एक्का
जिन्दगीमा आफ्नो त भर छैन कसको लिनु ठेक्का

krishna bc-1

गायिका कृष्णा बिसीको यो गीतले वास्तविकता बोकेको छ । प्राय गरेर धेरैको जीवनसँग मेल खाने यो गीतले आफ्नै जिन्दगीको भर नभएपछि अरुको जिम्मा लिन सकिँदैन भन्ने सन्देश प्रवाह गरेको छ । हुन त माया प्रेममा धोका खानेहरुका लागि गीतले पक्कै पनि निराशजनक सन्देश प्रदान गर्ला । तर पनि ट्रायल नै परे पनि जिन्दगीको भर छैन भन्ने कुरा गीतकार तेजश रेग्मीले लेखेका छन् । उज्यालो म्यूजिकबाट बजारमा आएको यो गीतमा गायिका कृष्णा बिसी र लेखनाथ आचार्यको स्वर रहेको छ । यसको म्यूजिक भिडियोसमेत निर्माण गरिएको छ । जसमा विनोद श्रेष्ठ र पार्वती राईको अभिनय छ भने कुमार केसीले भिडियोको निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु