केकी सधैं सिक्सटीन ओभर

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७०, मंगलवार

काठमाडौं, २ पुस । नायिका केकी अधिकारीको उमेर कसैले सोध्यो भने उनी भन्ने गर्छिन् सिक्सिटन ओभर । उचाइ हेर्दा अन्डर सिक्सटीन देखिने यी नायिका केकी अधिकारी आफ्नो बर्थ डे भने प्रत्येक वर्ष सेलीब्रेट गर्छिन् तर पत्रकारहरुको प्रश्न – ‘कतिऔं वर्षगाँठ हो तपाईंको ?’ अगाडि आइहाल्छ । त्यसको उत्तर सजिलै केकीले दिने गर्छिन् सिक्सटीन ओभर भएँ ।
हुन त केटीको उमेर नसोध्नु केटाको तलब नसोध्नु भन्ने नेपाली उखान चर्चित नै छ । त्यसो हुँदाहुँदै पनि पत्रकारले उनीमाथि प्रश्न तेस्र्याइहाल्छन् । तै पनि उनी प्रत्येक वर्ष एउटै उत्तर लिएर आउने गर्छिन् । अब लाग्छ उनको उमेर आइसीमा हो की अन्य कुनै कन्भर्ट गर्ने तरिकामा सिक्सटीन ओभर भएको हो ? त्यो भने सोच्नै पर्छ ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी केकी अधिकारीले बर्थ डे मनाएकी छन् ।

biteka pal चलचित्र बितेका पलको अडियो सार्वजनिकसँगै केकीको बर्थ डे पनि मनाइएको हो । निर्माता राजेश घतानी र कृष रिजालको निर्माणमा बनेको चलचित्र बितेका पल आगामी पौस २६ गतेबाट प्रदर्शन हुँदैछ । बितेका पलमा केकी अधिकारी र अविनाश गुरुङको लभस्टोरीलाई समेटिएको छ । यस चलचित्रमा बाबु बोगटी, आकाश खवास लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई सुरज सुब्बाले निर्देशन गरेका हुन् ।
चलचित्रमा शिव परियार, दिपक लिम्बु, जिना रसाइली, बानिका प्रधान, सनुप पौडेल, प्रकृति गिरी आदिको स्वर रहेको छ भने यस चलचित्रका संगीतकारहरु बाबु बोगटी, डम्बर नेपाली, मोहित मुनाल र रोशन लामा रहेका छन् । यस चलचित्रमा निर्माता राजेश घतानी, बासुदेव मुनाल र डम्बर नेपालीको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु