कैफियत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७०, सोमबार

काठमाडौं, २१ पुस । पुसको मध्य दिन, पछिल्लो पुस्ताले खचाखच भरिएको प्रज्ञा भवनको सभाहल देशभरका गजलकारको उपस्थिती, गर्भमा देशमा र प्रवासमा रहेका विभिन्न स्थानका २० गजलकारका गजल समेटिएको गजल संग्रह । सम्पुर्ण युवा मनको आर्कषणको केन्द्र बिन्दु बनेका युवा आख्यानकार अमर न्यौपाने । अधिल्लो पुस्ताका केहि स्रष्टाहरुलाई साक्षी राखेर नेपाली साहित्यकै इतिहासमा आजसम्मको सबै भन्दा ठुलो गजल संग्रहको दाबी गर्दै राजधानीमा शनिबार ‘कैफियत’ गजल संग्रह सार्वजनिक भयो । शब्दघर छापाखाना, साहित्य परिवार नेपाल मेडिकल कलेज र मधुवन साहित्य प्रतिष्ठानले संयुक्त हातेमालो गर्दै देशभरका २० गजल स्रष्टाका गजल संग्रहित यो गजल संग्रहमा बाँके, डोटी, अछाम, सिन्धुली, दैलेख, इलाम, बर्दिया, नुवाकोटलगाएतका गजलकारका गजल समावेश गरिएको छ । कार्यक्रमा संग्रहमा पर्न सफल १६ गजलकारले आफ्ना दुई नयाँ गजल वाचन गरेर सुनाएका थिए ।
प्रवासमा रहेका गजलकारका गजलहरु बाबु त्रिपाठी, टिकाराम भण्डारी, दिनेश गौतमलगाएका स्रष्टाले पढेर सुनाए । सुरुवाती दिनहरुमा गजलाई श्रृङ्गारिक, प्रेम र इश्वरसंग नजिक रहेर लेखिने गजल लेखनको दायरा फराकिलो भएकोमा आख्यानकार अमर न्यौपानेले खुशी ब्यक्त गरे । गजल संग्रह ‘कैफियत’ माथी टिप्पणी गर्न मञ्चमा पुगेका न्यौपानेले आफुले जीवनमा कार्यक्रममा सुनिए जस्तै गजल लेख्न चाहेको तर नसकेको अभिब्यक्ति दिएका थिए । उनले आफ्नो पहिलो प्रेम कविता र गजलसंगै अङ्कुरण भएको तर विवाह आख्यानसंग भए पनि कविता र गजलसंगको प्रेम सधै बाँचीरहने छ भन्दा ताली गुञ्जयमान भएको थियो । ‘कैफियत’ प्रकाशनका क्रममा स्रष्टाहरुले शब्दघर र छनोट समिती प्रति लगाएको आरोप निराधार रहेको बताउँदै शब्दघर छापाखानाकी प्रवन्धक लक्ष्मी भट्टराईले स्रष्टाहरुलाई लेखरहन आग्रह गरिन । उनले ‘ यो अन्तिम हैन पहिलो प्रयास हो, शब्द घर चलिरहेको छ, तपाईहरु लेखिरहनु भएको छ ’ भन्दै स्रष्टासंगको आफ्नो यात्रा अझै लामो रहेको अभिब्यक्ति दिएकी छन । कार्यक्रममा अग्रज गजलकार ज्ञानुवाकर पौडेल, वियोगी बुढाथोकी, कवि श्रवण मुकारुङ, बाबु त्रिपाठी, पुरु लम्साल, सिता श्रेष्ठ, विनिता कार्कीलगाएतको उपस्थिती थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु