कोमल वली सर्वाधिक मत ल्याउनेमा तेश्रो नम्बरमा 

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७३, बुधबार

komal (2)

फागुन ११, काठमाडौं । नेतृत्वदायी क्षमताकि धनी, सञ्चार र सङ्गीत क्षेत्रकि शिखर व्यक्तित्व कोमल वलीको राप्रपा पार्टी प्रवेशसँग चर्चा चुलिएको थियो । सरकारी जागिरबाट अवकास पाउनै लाग्दा, पार्टी प्रवेश गरेकी कोमल वलीले अन्ततः खुला राजनीतिकका लागि जागिर छाड्न बाध्य भएकी वलीले यतिबेला राजनीतिमा पनि आफुलाई प्रभावशाली नेताको रुपमा उभ्याउन सफल भएकी छिन् ।

पार्टीमा नवप्रवेशी भइकन राप्रपाको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा एकता महाधिवेशनमा खुल्ला प्रतिस्पर्धा गर्दै उम्मेद्वार भएकी कोमलको मतपरिणामले यतिबेला उनी फेरि राष्ट्रियस्तरमा चर्चित बनेकी छिन् । उनले वर्षौंदेखि राजनीतिमा होमिएका चर्चित र लोकप्रिय राजनीतिज्ञहरुलाई समेत उछिन्दै सर्वाधिक मत ल्याउनेहरु मध्येमा तेश्रो नम्बरमा परेकी छिन् । वलीले चर्चित लोकप्रिय राजनीतिक हस्तिहरु राजेन्द्र लिङदेन तथा धवलशमशेर राणालाई समेत उछिन्दै कुल १ हजार ८ सय ५७ मत प्राप्त गरेकी छिन् । मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए । मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो।

komal

पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन् । उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। केन्द्रिय सदस्यको खुलातर्फ दोस्रो नम्बरमा विक्रम पाण्डे रहे। उनले १ हजार ९ सय २६ मत प्राप्त गरे। चौथो नम्बरमा धवलशमशेर राणा रहे। उनले १ हजार ७ सय ३९ मत प्राप्त गरे। राजेन्द्र लिङ्देलले १ हजार ६ सय ६४ मत प्राप्त गरे। उनी पाँचौ नम्बरमा रहे। राष्ट्रीयता, राष्ट्रीय अखण्डता र राष्ट्रीय एकताको पक्षमा र सांगीतिक क्षेत्रमा समेत वलीले महत्वपूर्ण भूमिका निर्वाह गरुन् । म्यूजिक खबरका तर्फबाट सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ।

komal-oli11

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु