कोरियाबाट जम्दैछिन् अलिशा

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

कोरिया । आजभोलि विदेशमा बसेर पनि नेपाली कलाकारितालाई माथि लैजानेहरु धेरै छन् । कोही मलेसियामा होलान् त कोही खाडी मुलुकमा भने कोहि कोरिया जापानतिर होलान् भने कोहि विकसित राष्ट्रहरुमा कलाकारितालाई अँगालेर आफ्नो करिअर खोज्दैछन् । तिनीहरुमध्येकै एक हुन् अलिशा सिंह । उनी कोरियामा बस्छिन् तर मोडलिङको क्षेत्रमा भने धेरै म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । केही समय पहिला मलेसियामा बसेर नेपाल फर्किएपछि एल्बम निकालेका रमेश बानियाँको बाध्यता एल्बमको एक गीतमा पनि अभिनय गरेकी थिइन् भने मधु शाश्रुको गजलमा पनि अभिनय गरेकी छन् ।
त्यसैगरी मलेसियामै रहेर सांगीतिक करिअर बनाउँदै गरेका मनिपाल राईको संगीतमा रहेको गीत खै कसरी भनुँ मेरो मुटु जलेको छ बोलको गीतको म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् अलिशाले । मनिपाल राईको वेदना एल्बमको गीत हाम्रो साथ बोलको गीतको म्यूजिक भिडियोमा अलिशा र सुरेश कौशलको अभिनय रहेको छ । जुन गीत रजिना रिमाल र राजेशपायल राईले स्वरबद्ध गरेका छन् । त्यस्तै रजिना रिमालको स्वरमा रहेको वेदना एल्बमकै मेरो माया निष्ठुरीलाई बोलको गीतमा पनि अलिशाको अभिनय रहेको छ । यी दुवै गीतको म्यूजिक भिडियोलाई कोरियामा नै छायाँकन गरिएको हो । अलिाशा सिंहको अभिनयलाई मन पराएर आजभोलि म्यूजिक भिडियो गर्नेहरु कोरियामा नै धेरै संगीतकर्मीहरु लागिपरेका छन् । विदेशमा रहेर पनि कलाकारिताको रहरलाई उनले पेशामा परिवर्तन गरिसकेकी छिन् ।

alisha

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु