कोरियाली भाषामा अनुवाद भयो ‘सेतो बाघ’

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७०, सोमबार

काठमाडौं । डायमनशमशेर राणाको उपन्यास ‘सेतो बाघ’ कोरियाली भाषामा अनुवाद भएको छ । प्राध्यापक री कुन हु र छङ जे ह्यनले चर्चित उपन्यास ‘सेतो बाघ’ लाई कोलीयाली भाषामा अनुवाद गरेका हुन । कोरियाली भाषामा यो उपन्यासको नाम ‘द वेक अफ द ह्वाइट टाइगर’ राखिएको छ । अनसवादक रीले ‘सेतो बाघ’ नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा अध्याय भएको बताएका छन । उनले नेपाल र कोरियाको प्रजातासन्त्रक आन्दोलन समान सकयमा भएकाले कोरियाली पाठकलाई पनि यो उपन्यासको उत्तिकै महत्व रहेकाले अनुवाद गरेको बताएका छन । ‘सेतो बाघ’ कोरियाली भाषामा अनुवाद भएको दोस्रो कृति हो । यसअधि नारायण वाग्लेको ‘पल्पसा क्याफे’ कोरीयाली भाषामा अनुवाद भएको थियो । कोरियाली भाषाको ‘द वेक अफ द ह्वाइट टाइगर’ काठमाण्डौंमा फ्ब्रुअरी ७ र कोरियामा मार्चमा सार्वजनिक हुने भएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु