कोरियो पुग्यो कन्दरा

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७२, आईतवार

विगत एक दशकदेखि सुषुप्त अवस्थामा रहेको ‘कन्दरा’ ब्याण्डको पुनरागमन प्रयासले उत्साहजनक गति लिन थालेको छ । भरखरै मात्र हङकङमा सफल लाइभ कन्सर्ट दिएर स्वदेश फर्किएको कन्दरा दक्षिण कोरियामा अर्को लाइभ कन्सर्ट दिन बिहिबार राती कोरियातर्फ प्रस्थान गरेको छ । कोरियोको सिओल तथा बुसानमा यही आईतबार तथा सोमबार लाइभ कन्सर्ट प्रस्तुत गर्न गायक विवेक श्रेष्ठको नेतृत्वमा कन्दरा ब्याण्ड त्यसतर्फ प्रस्थान गरेको हो ।

लामो समयको रिक्ततापछि पनि ‘हङकङ पोखरा’, तिमी पारी’, ‘तगारोमा रुमाल राखी’, ‘लेककी हे माया’ जस्ता लोकप्रिय गीतहरुले कन्दरालाई जिवन्तता दिइरहेको छ ।

Kandara_3
आफ्नो पा“चौं एल्बमलाई आगामी फागुन महिनामा बजारमा ल्याउने जमर्को गरिरहेको कन्दराले यसको बजार व्यवस्थानको जिम्मा स्टेरियो रेकर्ड्सलाई दिएको छ । कोरियाको कन्सर्टपछि स्वदेश फर्किएर कन्दराले एल्बमको विमोचन, काठमाडौंको कन्सर्ट तथा अन्य वैदेशिक सांगीतिक टूरलाई निरन्तरता दिने ब्याण्डका प्रवद्र्धक आशिष पराजुलीले बताएका छन् ।

Kandara_1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु