कोरोला नाका खुलाउने अभियान ‘हाम्रो मुस्ताङ’

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०७३, बुधबार

चैत ३०, मुस्ताङ । जिल्लाको कोरोला नाका खुलाउने अभियान बोकेर कलाकारहरुले सांगीतिक रुपमा दबाब दिन सुरु गरेका छन् । प्राकृतिक दृष्टिकोणले भरिपूर्ण हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङको कोरोला नाका खुलाउनुपर्छ भन्ने अभियानमा कलाकारद्वय निरज थकाली र बादल थकाली लागिपरेका छन् । चर्चित गीतकार बिपीन किरणको रचनामा संगीतकार मिलन मोक्तानले संगीतबद्ध गरेको गीतहरुले मुस्ताङको सेरोफेरो झल्काउने मात्र होइन गीतबाटै कोरोला नाका खोल्नुपर्छ भन्ने दबाब सिर्जना गरिएको छ ।

hamro mustang
मुस्ताङको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको गीति एल्बम हाम्रो मुस्ताङको मंगलबार सांसद श्रीमाया थकालीको हातबाट सार्वजनिक गरिएको छ । थकाली समुदायको उद्गम स्थल मानिने घरपझोङ गाउँपालिका ५ ठिनीमा सुरु भएको १२ वर्षे मेलाको अवसरमा सांसद श्रीमाया थकालीले एल्बमको बिमोचन गरेकी थिइन् । सात वटा गीत रहेको एल्बममा समावेश भएका तिन वटा गीत मुस्ताङ संग सम्बन्धित छन् ।

mustang photo
चलचित्र निर्माता बादल थकाली र सञ्चारकर्मी निरज थकालीको प्रस्तुति रहेको एल्बमका गीतमा टिका प्रसाई, कृष्ण काफ्ले, रेश्मा पुन, लेखराज गुरुङ, राजेश पायल राईको स्वर रहेको छ । मिलन मोत्तानको संगीत र विपीन किरणको शब्द रहेको गीतमा मुस्ताङको पर्यटकीय, धार्मिकस्थल, कला, संस्कृतिको उजागर गर्नुका साथै कोरोला नाका खोल्नलाई आव्हान गरिएको छ । गीतको माध्यमबाट आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य रहेको निर्माता निरज थकालीले बताए । उक्त गीतको छिट्टै म्युजीक भिडीयो समेत तयार पार्ने उनले जानकारी दिइन् । गीतकार विपीन किरणले आफुले मुस्ताङको झल्को गीतमा दिन कोशिश गरेको बताए । ठिनी गाउँ समाजले आयोजना गरेको मेलाको उदटन गर्दै सांसद थकालीले मुस्ताङको प्रचारप्रसार गरी आन्तरिक पर्यटक भित्र्याउन तथा कोरोला नाका सञ्चालनमा ल्याउन दवाव पुग्ने बताइन् । प्रत्येक १२ वर्षमा लाग्ने परम्परागत यो मेला १५ दिनसम्म चल्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु