
२० जेठ, काठमाडौं । नव गायक चन्द्र पन्थीको गीत ‘आँखामा’ को छ उनको गीतको भिडियो हेरेर नै थाहा हुन्छ । उनको आँखामा बोलको गीतको म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगीत समेत गायक पन्थीकै रहेको छ । क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र अलिशा राईको अभिनय रहेको छ ।
सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन ।