को बन्छन् एसएलसी मिस्टर एण्ड मिस ?

म्यूजिक खबर
प्रकाशित: २८ बैशाख २०७३, मंगलवार

एएनपी मिडिया हाउसले सबै सहभागीहरुलाई उच्च शिक्षामा पूर्ण छात्रबृत्ती प्रदान गर्दै एसएलसी दिएर बसेकाहरुका बिच राजधानीमा मिष्टर एण्ड मिस एसएलसी आइकन २०१६ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । मिडिया हाउसले सबै सहभागीलाई छात्रबृत्ती प्रदान गर्दै विगत ३ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

यस वर्षको प्रतियोगिता पनि त्यसैको निरन्तरता भएको आयोजक संस्थाका प्रवन्ध निर्देशक लब बहादुर कार्कीले जानकारी गराए। उनका अनुसार मिष्टर एण्ड मिस एसएलसी आइकन २०१६ का सम्पूर्ण सहभागीले आप्mनो रोजाईअनुसार साईन्स, मेनेजमेन्ट र आर्टको ब्रिज कोर्समा पुर्ण छात्रवृति पाउनेछन् भने रोजनाईअनुसार नै सम्बन्धित विषयको कलेजमा समेत पुर्ण छात्रबृत्ती पाउनेछन्।

_MG_1000

उनका अनुसार सहभागीहरुले आप्mनो इच्छा र रोजाईअनुसार ईड–मार्क एकाडेमी, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, पेन्टागन इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेन्डरी स्कूल, क्याम्ब्रीज इन्टरनेशनल कलेज, ब्राइट फुचर कलेज, जीएस कलेज, ओमेगा कलेज, मोलिस कलेज, जुबीलेन्ट कलेज र इन्टेनशिभ कलेजबाट छात्रबृत्ती पाउन सक्नेछन्। उनीहरुलाई विभिन्न विषयमा एक महिना लामो प्रशिक्षण प्रदान गरेपछि अन्तिम स्पर्धामा उतारिने आयोजक कार्कीले जानकारी गराए। १८ वर्ष देखि शैक्षिक तथा ८ वर्षदेखि मनोरन्जनको क्षेत्रमा अनुभव हासिल गरेपछि तस्रो संस्करणस्वरुप आयोजना गर्न लागिएको प्रतियोगितामा २५ किशोरी र १७ किशोर गरी ४२ जनाले अन्तिम स्पर्धामा भिड्ने तयारी गरिरहेको आयोजिक मिडिया हाउसले जानकारी गराएको छ। शम्भु प्रसाद रेग्मीको संयोजनमा हुने प्रतियोगिताका प्रतियोगितीहरुलाई कोरियोग्राफर अश्वीनी झाले नयाँ वानेश्वरस्थित होटल रानी महलमा कोरियोग्राफीसम्बन्धी तालिम दिईरहेका छन्।

युवा वर्गलाई सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउँदै आफुसित भएको क्षमता पहिचान गर्न अवसर दिलाउने प्रतियोगिताबाट प्रतियोगिहरुले व्यतिmत्व विकास, आत्मविश्वास, नेतृत्वदायी भूमिकाको बिकास, सार्वजनिक सभा, समारोह आदिमा दृढ विश्वासका साथ बोल्न र प्रस्तुत हुन सक्ने क्षमता अभिबृद्धी, सकारात्मक सोचको बिकास, समयको सदुपयोग गर्नसक्ने क्षमता अभिबृद्धीजस्ता पक्षमा फाइदा लिन सक्नेछन्। प्रतियोगिाको अन्तिम स्पर्धा आगामी जेठ २१ शनिबार राजधानीको जमलस्थित सांस्कृतिक संस्थानमा हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु