को बन्ला उत्कृष्ट ‘पप संगीतकार’

म्यूजिक खबर
प्रकाशित: १२ असार २०७४, सोमबार

कल्याण, राजकुमार, राजु, राहुल र बिपिन मध्ये को बन्लान् यो वर्षको उत्कृष्ट पप संगीतकार ?


असार १२, काठमाडौं । छैटौं ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०७४’को मनोनयन सार्वजनिक भएको छ । आगामी असार २९ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुन गइरहेको अवार्डका लागि सर्वोत्कृष्ट पप संगीतकार विधाका लागि संगीतकारहरु कल्याण सिंह, राजकुमार, राजु सिंह, राहुल प्रधान र बिपिन आचार्य मनोनयनमा परेका छन् ।
सांगीतिक क्षेत्रका अत्यन्तै कुशल संगीतकारका रुपमा ख्याती कमाएका संगीतकारहरु निम्न गीतबाट मनोनयमा परेका हुन् ।

क) कल्याण सिंह       म पग्लन्छु

ख) राजकुमार       झट्का

ग) राजु सिंह       भुल्यौ कि

घ) राहुल प्रधान   कहाँ पुगेँ म

ङ) विपिन आचार्य   ढोल बज्यो

pop-musician

नेपाली सांगीतिक फाँटका कुशल यी संगीतकारहरु मध्येबाट कुनै एकले ‘सर्वोत्कृष्ट पप संगीतकार’ घोषित भई अवार्ड उचाल्नेछन् ।
(म्यूजिक खबर)को आयोजना तथा सांस्कृतिक संस्थानको (नाचघर)को सहआयोजनामा हुने यस कार्यक्रममा राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक गीतसंगीतका विभिन्न ३४ विधामा कलाकारहरुले अवार्ड उचाल्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु