क्रिश्चियन विरुद्ध सचेत हुनुपर्ने ओलीको धारणा

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७२, आईतवार

नेपाल धर्मनिरपेक्ष घोषणा भएको पनि निकै वर्ष वितिसकेको छ । तथापि नेपालीहरु यो निर्णयबाट सन्तुष्ट भएको पाइँदैन । रिपोटर्स क्लव नेपाल दाङ शाखाले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा चर्चित गायिका कोमल ओलीले पनि आफ्नो असन्तुष्टि पोखेकी छिन् । ओलीले पछिल्लो समय धार्मिक सहिष्णुता भएको मुलुकमा क्रिस्चियनहरुले गर्दा चुनौति थपिएको भन्दै चिन्ता व्यक्त गरेकी हुन्। उनले पैसा खर्च गरेर संघसंस्थाहरुले धर्मलाई व्यापार बनाउन खोजेकोले चुप लागेर बस्न नहुने तर्क समेत गरिन् । ओलीले क्रिस्चियनहरुले धर्मलाई किनमेल गरेर व्यापार बनाउँदै लगेकोले सबै सचेत हुनुपर्ने धारणा राखिन् ।

komal-oli_dang

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु