क्षितिज र मोमिलाको कविता वाचन

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७०, बिहीबार

काठमाडौं । कवि रमेश क्षितिज र मोमिला जोशीले राजधानीमा कविता वाचन गरेका छन् । बुधबार राजधानीको सर्वनाम थियटरमा उनीहरुले संयुक्त रुपमा कविता वाचन गरेका थिए । हामी कवि र कविता श्रृंखला अन्तर्गत उनीहरुले आफ्ना नौ–नौ कविताहरु वाचन गरेका हुन् । प्रत्येक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौं भन्ने नाराका साथ लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले गर्दै आएको यो १२ श्रृंखला अन्तरर्गत माघ १ बुधबारका दिन कवि क्षितिज र मोमिलाले कविता वाचन गरेका हुन् । क्षितिजले समसामयिक, राजनीतिक र प्रेममय कविता वाचन गरेका थिए मोमिलाले समसामयिक राजनीति, प्रेमिलसँगै नारी पुरुषबीचको वैचारिक सम्बन्ध उजागर गरेका कविताहरु वाचन गरेकी थिइन् । यो श्रृंखला नै अन्तिम श्रृंखला भनेर भनिए पनि कवि र साहित्यप्रेमीहरुको दबाबमा पुनः कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढ्ने भएको कार्यक्रम संयोजक राजेन्द्र शलभले बताए । आगामी कार्यक्रम फागुन १ गते सर्वनाम थियटरमा नै हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु