खत्रीले ल्याए दुई एल्बम

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७०, सोमबार

काठमाडौं, १२ फागुन । राष्ट्रिय भावनाको गीत र आधुनिक गीति संग्रहित भएका दुई वटा एल्बम लिएर ईश्वर खत्रीले ल्याएका छन् । तराई पहाड हिमाल नामक राष्ट्रिय गीतिसंग्रह र ईश्वरको संगीत आधुनिक एल्बम लिएरका आएका ईश्वर खत्रीले गत हप्ता मात्रै गीतिसंग्रह सार्वजनिक गरेका हुन् । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको हातबाट विमोचन गरिएका राष्ट्रिय गीतको एल्बम र आधुनिक गीतको एल्बममा ईश्वर खत्रीको एकल संगीत रहेको छ ।
सरपरिवार क्यानडा जान लागेको बेला देश छोडेर जानुपर्दाको पीडालाई एल्बममा समावेश गरिएको कुरालाई विमोचन समारोहमा उपस्थित अतिथिहरुले उजागर गरेका थिए । एल्बममा रामकृष्ण ढकाल, आभा मुकारुङ, स्वरुपराज आचार्य तथा खत्री स्वयम्को स्वर रहेको छ । खत्रीले स्वदेशगानको एल्बम बिक्रीबाट उठेको रकम आफ्नो जन्मथलो काभ्रेको च्यासिङखर्कका दलित तथा पिछडिएका विद्यार्थीको लागि लगानी गर्ने बताएका छन् ।

ishwor ishwor khatri

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु