खरबारीमा बद्रि र मिरा (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७२, आईतवार

काठमाण्डौं । नेपाली मनोरञ्जन जगतमै सबै भन्दा बढी कलाकार तथा सृजना भएको क्षेत्र सायद लोक तथा दोहोरी क्षेत्र हो । यो क्षेत्रको भीडमा अग्लो कद भएको व्यक्तित्व मध्ये एक हुन् चर्चित तथा लोकप्रिय गायक बद्रि पंगेनी । उनै पंगेनी यतिबेला गायिका मिरा गीरीको साथमा ‘खरबारीमा’ देखा परेका छन् । पंगेनीले जति पनि गीतमा स्वर दिएका छन्, सबै गीतले सफलता पाएका छन् । बद्री पंगेनीका गीत कहिले आउला र सुन्नु भनेर पर्खाइमा बसेका श्रोता तथा दर्शकलाई उनले गायिका मिरा गिरीको साथमा पछिल्लो एल्बम ‘खरबारीमा’ मार्फत गीत सुनाउँदैछन् ।
रुखमा बसी मैले मुरली बजाउने
फेदमा मेरी मायालु लजाउने
खरबारीमा …… बाट शुरु भएको गीतमा कर्णप्रिय स्वरको जादुले भरिएको यो गीतलाई अहिलेको संगीत बजारमा सबैभन्दा आशा गरिएको गीत मानिएको छ । उत्कृष्ट भिडियो सहित सार्वजनिक भएको उक्त एल्बमलाई विन्दबासीनी म्यूजिक प्रा.ली. ले उत्पादन तथा वितरण गरेको हो भने कपिल लामाले निर्देशन गरेका हुन् । त्यस्तै म्यूजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् । लामो समय पछी  एक नारायण भन्डारी मिरा गिरि,बद्री पङ्गेनि,बिनोद बाजुरालि,प्रेम थापा अन्जली अधिकारी र बिन्द्वबासिनी म्युजिकको सामुहिक प्रस्तुतिमा यो एल्बम बजारमा आएको हो ।

म्यूजिक भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु