खरेललाई सम्मान । भावेश भुमरीलाई एक लाखको पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७१, बुधबार

काठमाडौं, १४ जेठ । गीतकार संघ नेपालले गत वर्षबाट प्रदान गर्दै आएको स्रष्टा सम्मान २०७१ बाट वरिष्ठ गीतकार किरण खरेललाई सम्मानित गरिएको छ । वरिष्ठ गीतकार किरण खरेलले १४ सालबाट गीत लेखन यात्रा सुरु गरेर निरन्तर अहिलेसम्म पनि गीत लेखनलाई जारी राखिरहेको अवस्थामा गीतकार संघ नेपालले उनलाई सम्मान गरेको हो । गीत लेखनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएवापत गीतकार खरेललाई रु एक लाख एक रुपैयाँ नगद राशिसहित ताम्रपत्रद्वारा सम्मान गरिएको हो । खरेललाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट प्रदान गरिएको हो । सम्मान पाएपछि गीतकार खरेलले आफूले अहिलेसम्म गरेको योगदानको कदर गरेकोमा गीतकार संघलाई धन्यवाद दिँदै गीतकार संघको सम्मान अहिलेसम्मकै अनुकरणीय भएको बताएका थिए । धेरै सम्मान पाए पनि आफ्नै सहकर्मी, सहधर्मी स्रष्टाहरुबाट प्राप्त गरेको सम्मानले आफ्ना अग्रज, समकक्षी र नयाँ स्रष्टाहरुको सम्मान भएको बताएका थिए ।
त्यस्तै गीतकार संघको प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट उत्कृष्ट दश गीतकारमध्येबाट सर्वोत्कृष्ट बन्दै गीतकार भावेश भुमरीले पुरस्कार चुम्न सफल भएका छन् । गीतकार भावेश भुमरीले धनका लागि परदेशिएँ बोलको गीतबाट रु एक लाख रुपैयाँको पुरस्कार एवं ताम्रपत्रद्वारा पुरस्कृत गरिएको हो । गीत लेखनको यात्रामा करिब दुई दशकभन्दा बढी समय खर्चिसकेका गीतकार भावेश भुमरीले गीतकार संघबाट दिइएको यो पुरस्कार झन् आफूलाई गीत लेखनको कार्यमा अझ सक्रिय गराउने बताएका थिए । भुमरीले गीतकार संघको सम्मानले उचाइमा पु¥याइदिएको बताउँदै आफ्नो गाउँले यात्राबाट सुरु भएको साहित्य लेखनले बल्ल आफूलाई सम्मानयोग्य बनाएको बताएका थिए ।
गीतकार संघ नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा आयोजना गर्दै आएको स्रष्टा सम्मान कार्यक्रममा गीतकार संघलाई स्थापनाकालदेखि सहयोग पु¥याउँदै संस्थालाई सक्रिय बनाउन सफल गीतकार एसपी कोइरालालाई पनि सम्मान गरेको थियो । त्यस्तै गीतकार संघ नेपाललाई सहयोग पु¥याउने संघसंस्थालाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

गीतकारको उत्कृष्ट पुरस्कार पाउन सफल गीत:
धनका लागि परदेशिएँ धारमै जीवन बसेको छ
देख्छन् सबै सुखी मलाई शिरमै आकाश खसेको छ
मनमै बाढी पसेको छ

न त यहाँ चौंरी चर्छन् न बिहानै भाले बस्छन्
मेरा लागि सबै नयाँ न कसैले मनै साट्छन्
सुनका लागि परदेशिएँ नुनमै जीवन फसेको छ
देख्छन् सबै सुखी मलाई शिरमै आकाश खसेको छ
मनमै बाढी पसेको छ

हिंड्न थाल्यो पैतालाले गाउँघरकै बाटो खोज्छन्
यी आँखाले जे देखे नि आफ्नै देशको नाम सोध्छन्
घरका लागि परदेशिएँ घाटमै जीवन फसेको छ
देख्छन् सबै सुखी मलाई शिरमै आकाश खसेको छ
मनमै बाढी पसेको छ
संगीत÷एरेन्जर  :पविधन खालिङ
स्वर  : कर्मग्याल्छेन बमजन

lyricsist association musickhabar (31) lyricsist association musickhabar (30) lyricsist association musickhabar (29) lyricsist association musickhabar (28) lyricsist association musickhabar (27) lyricsist association musickhabar (26) lyricsist association musickhabar (25) lyricsist association musickhabar (24) lyricsist association musickhabar (23) lyricsist association musickhabar (22) lyricsist association musickhabar (21) lyricsist association musickhabar (20) lyricsist association musickhabar (19) lyricsist association musickhabar (18) lyricsist association musickhabar (17) lyricsist association musickhabar (16) lyricsist association musickhabar (15) lyricsist association musickhabar (14) lyricsist association musickhabar (13) lyricsist association musickhabar (12) lyricsist association musickhabar (11) lyricsist association musickhabar (10) lyricsist association musickhabar (9) lyricsist association musickhabar (8) lyricsist association musickhabar (7) lyricsist association musickhabar (6) lyricsist association musickhabar (5) lyricsist association musickhabar (3) lyricsist association musickhabar (2)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु