खानीखोलादेखि इन्टरनेट खोज्दै उद्धव (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७१, बुधबार

काठमाडौं, १७ बैशाख । खानी खोला बाँचे भेट होला जस्तो चर्चित गीत गाएर आफ्नो गायनयात्रामा उचाइ कायम गरेका उद्धव कार्कीले अब भने नयाँ गीत कहाँ पाउनु इन्टरनेट लिएर आउने भएका छन् । रुमालै छ चिनो, आमा नबस पर्खेर, पराइघर, ड्राइभर पेशा रैनछ कामलगायत एक दर्जनभन्दा बढी गीतहरु गाइसकेका उद्धव कार्कीले अब नयाँ गीतमार्फत् आफूलाई बजारमा ल्याउने भएका हुन् ।
सुन्न मन छ मायाले बोलेको
न फोन गर्छौं न फेसबुक खोलेको
कहाँ पाउनु इन्टरनेट
मोबाइल अफ छ बत्ति नै आछैन सानु आज त गरौं भेट
गणेश चौलागाईंको शब्दमा सजिएको यस गीतलाई उद्धव कार्कीले गाउन लागेका हुन् । नयाँ गीतका रुपमा बजारमा आउन लागेको उक्त गीतलाई उद्धव कार्कीले फेरी चर्चा बटुल्ने प्रयासमा लागेको बताएका छन् । केही वर्षको विश्रामपछि कार्कीले ल्याउन लागेको यस गीतलाई पछिल्लो समयमा चर्चा बटुल्न सफल भएका गणेश चौलागाईंले लेखेका छन् । चौलागाईंले मेरै भर पर, ए सानु पत्याउ अब तलगायत दुई दर्जनजति गीत लेखिसकेका गीतकार हुन् । राम्रो शब्द सिर्जना गर्दै आएका गणेश चौलागाईंले लेखेको शब्दमा उद्धव कार्कीको स्वर रहनेछ । त्रिशुली टेलिभिजनका लोकदोहोरी कार्यक्रम लोकदर्पण संचालन गर्दै आएका गायक उद्धव कार्कीले गाएको कहाँ पाउनु इन्टरनेटमा गायिका पूर्णकला बिसी र श्रेया अधिकारीको स्वर रहेको छ । यस गीतको म्यूजिक भिडियो पनि तयार पारिएको छ । जसमा कविता शर्माले अभिनय गरेकी छिन् भने प्रदीपसिंह थापाले निर्देशन गरेका छन् । कहाँ पाउनु इन्टरनेटको साथमा फाटेको मन सकिन सिउनलाई बोलको गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । उक्त गीत यतिबेला रेडियो, टेलिभिजनहरुमा प्रसारणमा आइसकेको छ ।

 

[youtube]https://www.youtube.com/watch?v=njZkZAKcp6E[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु