खुमन र बिनिताको मर्मस्पर्सी गीत “आउँछ होला झल्को” ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७४, बिहीबार

राजु बोहरा


माघ १८, काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत संगीर्को क्षेत्रमा एक पछी अर्को निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आइरहेका छन् । पानस डिजिटल प्रालिले आफ्नो शुभारम्भको पहिलो सांगीतिक कोसेली स्वरूप “आउँछ होला झल्को” बोलको गीतलाई भर्खरै सार्बजनिक गरेको छ ।

आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यो गीत दिनेश थापा र निशान बानियाको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको हो । प्रस्तुत गीतलाई लय कुशल बिस्वकर्माले भरेका हुन् भने शब्द दिनेश थापा क्षेत्रीले तयार पारेका छन् ।

खुमन अधिकारी र बिनिता क्षेत्रीको सुमधुर स्वरले सजिएको यो निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ ।भिडियोमा गोल्डेन डेबिट सेन ओली र एलिना रायमाझीको लोभ लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु