गजलकार मधु अस्वस्थ

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७१, सोमबार

काठमाडौं, १२ जेठ । गजलकार मधु साश्रु यतिखेर अस्वस्थ भइ अस्पताल भर्ना भएका छन् । केही समयपहिला नेपालगन्जमा एपेन्डिक्सको अपरेशन गरेका गजलकार साश्रुलाई अपरेशनपश्चात् मृगौलामा इन्फेक्सन भएपछि हाल काठमाडौंको चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक नभए पनि मृगौलाको इन्फेक्सनका कारण केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । गजल लेखनको क्षेत्रमा अब्बल ठहरिएका मधु साश्रु पछिल्लो समयका चलेका गजलकारमा गनिन्छन् । मोफसलमा रहेर पनि गजल लेखनलाई अझ सशक्त बनाउने प्रयासमा रहेका गजलकार मधु साश्रुका दर्जनौं गजलहरु रेकर्ड भइसकेका छन् । म्यूजिक खबर डटकम गजलकार मधु साश्रुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

madhu sashru

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु