गजलभित्रका बिमल सफल बन्दै

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७२, सोमबार

काठमाडौं । नेपाली गजल लेखनमा हात हालेसँगै सफल बन्दै गएका गजलकार हुन् बिमल गौतम । बालगीत ‘क माने– कमल’को अपार सफलता हात पारिसकेका गौतमले गजल भित्रका बिमल नामको एल्बमबाट आफ्नो परिचयलाई अझ फराकिलो बनाएका छन् । ६ वटा कर्णप्रिय गजलहरु संग्रहित भएको गजल भित्रका बिमलका सबैे गीतहरु नेपाली सङ्गीत बजारमा चलेका गीत अन्तर्गत पर्दछन् । पहिलो प्रयास भएतापनि सङ्गीत बजारमा सफल भएकाले र श्रोताहरुको अगाध माया पाएका कारणले आफूलाई गीत लेखनमा हौसला मिलिरहेको बिमल बताउँछन् । राम सिटौलाको एकल सङ्गीत रहेको एल्बमलाई पाल्पा बुक्सले प्रस्तुत गरेको हो । ‘गजल भित्रका बिमल’मा ‘चार तिर मैले चहारें’ ‘तिमीलाई, मुग्लानतिर पसेछन् कि’, ‘विदेश गा’को मेरो छोरो’, ‘सँधैभरि घरको झ्याल’ र ‘बोलीचाली बारे हुन्छ’ जस्ता गीतहरु अनुबन्धित छन् । गीतहरुमा शिब परियार, प्रमोद खरेल, अन्जु पन्त र शान्तिम कोइरालाको सुमधुर स्वरको प्रयोग गरिएको छ ।

bimal gautam

bimal gajal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु