गजित र आशिष्मासँगै सभासद्हरु

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०७०, सोमबार

काठमाडौं । तोरी लाहुरे हिरो र हिरोइन गजित विष्ट र आशिष्मा नकर्मी एउटा रेष्टुरेन्ट उद्घाटनमा सभासद्सँगै भेटिए । पुतलसीडकस्थित सेन्चुरी बैंकसँगै रहेको गेट ईन फुडल्याण्डको उद्घाटनमा तोरी लाहुरे हिरो गजित र तोरी लाहुरे हिरोइन आशिष्मा नकर्मीसँग सभासद्हरु यज्ञराज सुनुवार, ज्ञानबहादुर र हर्कबोल राई एउटै लाइनमा कैंची लिएर रिवन काट्न लाग्दा नसोचेको भेट भएजस्तो लाग्थ्यो । चलचित्रका हिरोहिरोइन र राजनीतिका हिरोहरुबीचको यो जम्काभेट गराइदिने काम भने गेट इन फुडल्यान्डले नै गराइदिएको थियो ।
सभादस्हरु रेष्टुरेन्ट उद्घाटनमा आउँदा फरक अनुभूती भएको बताउँदै आशिष्मा र गजितको एक्स्प्रेसनबाट खुशी भएको भन्दै तारिफ गरिरहेका थिए भने गजित र आशिष्मा पनि उनीहरुसँगको उद्घाटन कार्यक्रमलाई लिएर खुशी व्यक्त गरिरहेका थिए । रेष्टुरेन्ट गजित विष्टको आफन्तहरुको रहेको गजितले बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु