गजित समूहको कतारमा स्वागत

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७०, मंगलवार

काठमाडौं, २ पुस । अभिनेता गजित विष्ट समूहलाई कतारमा रहेका नेपालीहरुले आज भव्य स्वागत गरेका छन् । कतारमा हुन लागेको सांस्कृति कार्यक्रममा प्रतिनिधित्व गर्दै कतार पुगेको गजित विष्ट समूहमा अभिनेत्री नीता ढुंगाना, निश्मा घिमिरे, हाँस्य जोडी कुञ्जना घिमिरे र केदार घिमिरे, सन्दिप क्षेत्री, गायक विरही कार्की, सत्यराज आचार्य र स्वरुपराज आचार्य, गायिका रजिना रिमालका साथमा अभिनेता गजितका भाइ गम्भीर विष्टको पनि बेजोड प्रस्तुति रहनेछ । हिजो सोमबार बेलुका कतारमा हुने कार्यक्रमका लागि गएका कलाकार टोलीलाई आज कतारमा भव्य स्वागत गरिएको हो ।
२१ सेन्चुरी कतार र वेष्ट इन्ड पार्कको आयोजनामा हुन लागेको उक्त कार्यक्रमका लागि कतार पुगेका सबै कलाकारहरुले आफ्ना प्रस्तुति दिँदैछन् भने अभिनेता गजित विष्ट र कोरियोग्राफर गम्भीर विष्टले एकै मञ्चमा विदेशमा कार्यक्रम गर्दैछन् । पछिल्लो समयमा नेपालको राम्रो कोरियोग्राफरका रुपमा परिचित हुँदै आएका गम्भीर विष्ट र चर्चा बटुल्दै गरेका अभिनेता गजित विष्टको बेजोड प्रस्तुतिले कतारमा रहेका नेपालीहरुलाई छुट्टै मनोरञ्जन प्रदान गर्नेछ, गजित विष्टले भने – हामी एकदमै सफल प्रस्तुति दिने तयारीमा छौं । दाजुभाइ सँगै भएर विदेशमा गर्न लागेको यो पहिलो कार्यक्रम भएका कारणले पनि सफलता हासिल गर्नेछ भन्नेमा विश्वस्त छौं, विष्टले भने । कार्यक्रम नेपालीहरुका माझ कतारको दोहामा आजै हुन गइरहेको छ ।

1483736_639042592806151_1662098403_n
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु